सरकारले पूर्व मुख्यसचिव,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त,पूर्व गृह सचिवदेखि वर्तमान सचिवहरुका नाममा दुरुपयोग हुँदै आएका १७ जना सुरक्षाकर्मीहरु फिर्ता गराएको छ ।
यसरी फिर्ता गराइएकामध्ये २ जना पूर्व मुख्य सचिव,६ जना पूर्व गृहसचिवहरुले दुरुपयोग गरिआएका नेपाल र सशस्त्र प्रहरी फिर्ता गराइएको हो ।
जसमध्ये पूर्व मुख्य सचिवहरु बैकुण्ठ अर्याल र शंकरदास बैरागी, पूर्व गृह सचिव नविन घिमिरे,महेश्वर न्यौपाने,टंकमणि शर्मा,विनोदप्रसाद सिंह,गोकर्णमणि दुवाडीसम्म रहेका छन् । दुवाडी बहालवाला प्रशासक हुन । उनी हालैमात्र सरुवा भएर राष्ट्रिय योजना आयोगमा पुगेका छन् । पूर्व र बहालवाला उच्च प्रशासकहरुले दुरुपयोग गरिरहेको १७ जना सुरक्षाकर्मी फिर्ता गराएको छ,गृहले ।
बिज्ञापन
पूर्व गृहसचिव विनोदप्रकाश सिंहबाट १ नेपाल प्रहरी,पूर्व गृह सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तबाट १ जना सशस्त्र प्रहरी,पूर्व मुख्य सचिव बैकुण्ठ अर्यालसँग रहेको १ सशस्त्र र २ नेपाल प्रहरी,शंकरदास बैरागीले दुरुपयोग गरिआएको १ सशस्त्र प्रहरी फिर्ता गरेको छ,सरकारले ।
सरकारले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि पूर्व मूख्य सचिवदेखि गृहसचिवहरुका नाममा दुरुपयोग गरिएका ५०६ सुरक्षाकर्मीलाई सरकारले भटाभट फिर्ता गरिँदा पूर्व गृह सचिवका जिम्मेवारीमा रहेका महेश्वर न्यौपानेले दुरुपयोग गरिआएका २ सशस्त्र,गृहबाट सरुवा भएर राष्ट्रिय योजना आयोगमा पुगेका गोकर्णमणि दुवाडीसँग रहेको १ नेपाल प्रहरी,गोर्कणराज सुयलसँग रहेको १ र पूर्व महालेखा परीक्षक टंकमणी शर्माले दुरुपयोग गरिआएको १ नेपाल प्रहरी फिर्ता गरिएको हो ।
बिज्ञापन
गृह मन्त्रालयको तथ्यांकअनुसार नेपाल प्रहरीबाट खटिएका ३७४ र सशस्त्र प्रहरीबाट खटाइएका १३२ गरी ५०६ सुरक्षाकर्मी तानिएका छन् । गृहका तथ्यांक अनुसार पूर्वप्रशासकका नाममा १७ सुरक्षाकर्मीको दुरुपयोग गरिएको थियो ।
जस अनुसार पूर्वमुख्यमन्त्रीहरूका लागि ५४, पूर्वराज्यमन्त्रीका लागि १३, पूर्वप्रदेशमन्त्रीका लागि १०, पूर्वसांसदका नाममा २५, उद्योगीका नाममा २ र स्थानीय तहका जनप्रतिनिधिका नाममा ६ सुरक्षाकर्मी दुरुपयोग भएका थिए । यी सबै फिर्ता गरिएका छन् । त्यस्तै, पूर्वप्रधानन्यायाधीशका नाममा दुरुपयोग भएका चार र सभामुखका नाममा दुरुपयोग भएका चार सुरक्षाकर्मी पनि फिर्ता गरिएका छन् ।


























