सुरक्षाकर्मी दुरुपयोगमा पूर्व मुख्यसचिवदेखि गृहसचिवसम्म, १७ फिर्ता

सरकारले पूर्व मुख्यसचिव,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त,पूर्व गृह सचिवदेखि वर्तमान सचिवहरुका नाममा दुरुपयोग हुँदै आएका १७ जना सुरक्षाकर्मीहरु फिर्ता गराएको छ ।
यसरी फिर्ता गराइएकामध्ये २ जना पूर्व मुख्य सचिव,६ जना पूर्व गृहसचिवहरुले दुरुपयोग गरिआएका नेपाल र सशस्त्र प्रहरी फिर्ता गराइएको हो ।
जसमध्ये पूर्व मुख्य सचिवहरु बैकुण्ठ अर्याल र शंकरदास बैरागी, पूर्व गृह सचिव नविन घिमिरे,महेश्वर न्यौपाने,टंकमणि शर्मा,विनोदप्रसाद सिंह,गोकर्णमणि दुवाडीसम्म रहेका छन् । दुवाडी बहालवाला प्रशासक हुन । उनी हालैमात्र सरुवा भएर राष्ट्रिय योजना आयोगमा पुगेका छन् । पूर्व र बहालवाला उच्च प्रशासकहरुले दुरुपयोग गरिरहेको १७ जना सुरक्षाकर्मी फिर्ता गराएको छ,गृहले ।

बिज्ञापन

पूर्व गृहसचिव विनोदप्रकाश सिंहबाट १ नेपाल प्रहरी,पूर्व गृह सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तबाट १ जना सशस्त्र प्रहरी,पूर्व मुख्य सचिव बैकुण्ठ अर्यालसँग रहेको १ सशस्त्र र २ नेपाल प्रहरी,शंकरदास बैरागीले दुरुपयोग गरिआएको १ सशस्त्र प्रहरी फिर्ता गरेको छ,सरकारले ।
सरकारले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि पूर्व मूख्य सचिवदेखि गृहसचिवहरुका नाममा दुरुपयोग गरिएका ५०६ सुरक्षाकर्मीलाई सरकारले भटाभट फिर्ता गरिँदा पूर्व गृह सचिवका जिम्मेवारीमा रहेका महेश्वर न्यौपानेले दुरुपयोग गरिआएका २ सशस्त्र,गृहबाट सरुवा भएर राष्ट्रिय योजना आयोगमा पुगेका गोकर्णमणि दुवाडीसँग रहेको १ नेपाल प्रहरी,गोर्कणराज सुयलसँग रहेको १ र पूर्व महालेखा परीक्षक टंकमणी शर्माले दुरुपयोग गरिआएको १ नेपाल प्रहरी फिर्ता गरिएको हो ।

बिज्ञापन

गृह मन्त्रालयको तथ्यांकअनुसार नेपाल प्रहरीबाट खटिएका ३७४ र सशस्त्र प्रहरीबाट खटाइएका १३२ गरी ५०६ सुरक्षाकर्मी तानिएका छन् । गृहका तथ्यांक अनुसार पूर्वप्रशासकका नाममा १७ सुरक्षाकर्मीको दुरुपयोग गरिएको थियो ।

जस अनुसार पूर्वमुख्यमन्त्रीहरूका लागि ५४, पूर्वराज्यमन्त्रीका लागि १३, पूर्वप्रदेशमन्त्रीका लागि १०, पूर्वसांसदका नाममा २५, उद्योगीका नाममा २ र स्थानीय तहका जनप्रतिनिधिका नाममा ६ सुरक्षाकर्मी दुरुपयोग भएका थिए । यी सबै फिर्ता गरिएका छन् । त्यस्तै, पूर्वप्रधानन्यायाधीशका नाममा दुरुपयोग भएका चार र सभामुखका नाममा दुरुपयोग भएका चार सुरक्षाकर्मी पनि फिर्ता गरिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष