काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकामा छापा मारी विभिन्न कागजात नियन्त्रणमा लिएको छ।
बिज्ञापन
बिज्ञापन
नगरपालिकासम्बन्धी उजुरीहरूको संख्या बढेपछि आयोगले बिहीबार बिहानै टोली खटाएको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा संलग्न टोलीले आवश्यक कागजातहरू बरामद गरेको छ।
बिज्ञापन
‘छापा मार्न गएको टोली फर्किसकेको छ,’ पौडेलले बताए, ‘के–कस्ता कागजात नियन्त्रणमा लिइएका छन् भन्ने विवरण संकलन भइरहेको छ।’अख्तियारले हालै स्थानीय तहमा बढ्दो अनियमितता र उजुरीका आधारमा अनुगमन र छापा अभियान तीव्र पारेको जनाएको छ।


























