अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदनले सरकारी कर्मचारीमध्ये अधिकृतस्तरका कर्मचारी सबैभन्दा घुस्याहा र भ्रष्ट भएको निष्कर्ष निकालेको छ ।
बिज्ञापन
अख्तियारले बर्षभरीमा ३९२ कर्मचारी उपर मुद्धा चलाउँदा अधिकृतस्तरका १७२ कर्मचारी फन्दामा परेका हुन । सरकारी कार्यालयका भवनमा ढोका र भर्याङमै ‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न’ लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र भ्याएसम्म लामो हात गर्ने,कर्मचारीको प्रवृत्तिलाई अख्तियारले उदांगो पारेको छ ।
बिज्ञापन
गत आवमा भ्रष्टाचार प्रकरणमा एक जना सचिव,सहसचिव २४,उपसचिव २४ र शाखा अधिकृत १७२ जना रहेका छन् भने सहायकस्तरका १४१ जना रहेको अख्तियारले जनाएको छ । अख्तियारले बर्षभरीमा ३९२ जना कर्मचारी उपर मुद्धा चलाएकोमा सबैभन्दा बढी भ्रष्ट अधिकृत तहका कर्मचारी रहेको फेला परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्षभर्षभरीमा भ्रष्टाचारजन्य कसुरमा १३५ वटा र सम्पत्ति शुद्धीकरण कसुरमा २ वटा गरी जम्मा १३७ वटा मुद्दा विशेष अदालतमा पु¥याएको जनाएको छ । जसमध्ये भ्रष्टाचारजन्य कसुरमा दायर भएका मुद्दामध्ये सबैभन्दा बढी अर्थात् ३७ वटा मुद्दा घुस रिसवतसम्बन्धी रहेका छन् । त्यसपछि क्रमशः गैरकानुनी लाभ हानिसम्बन्धी ३५ वटा, झुटा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसम्बन्धी २४ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ८ वटा, र विविध विषयका ४ वटा मुद्दा रहेका छन् ।
बिज्ञापन
अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनमा २० प्रतिवादीमध्ये ९ जना महिला प्रतिवादी छन् । उनीहरुसँग अख्तियारले १४ करोड ९७ लाख मागदावी लिएको छ । अख्तियारले बर्षभरमा ७५३ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाउँदा राष्ट्रसेवक कर्मचारीहरुमात्र ३९२ जना रहेका छन् । जसमध्ये सचिव १,सहसचिव २४,उपसचिव २४ र शाखा अधिकृत १७२ जना रहेका छन् भने सहायकस्तरका १४१ जना रहेको अख्तियारले जनाएको छ ।

गत बर्ष घुस र रिसवतसम्बन्धी ८७ वटा मुद्धा चलाउँदा प्रशासनतिरका २२,प्राविधिक १५,प्रहरी ४,शिक्षक ३,निर्वाचित २ र अन्य ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले प्रतिवादी बनाएकामध्ये उपसचिव वा सो सरहका १,शाखा अधिकृत १५,सहायक कर्मचरी २३,विद्यालय व्यवस्थापन समितिका १ र विचौलिया २८ जना फन्दामा परेका छन् ।
यस्तै अख्तियारीले गैरकानुनी लाभ हानिसम्बन्धी मुद्धामा २८८ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ । स्थानीय जनप्रतिनिधि १७,सहसचिव वा सो सरहका १०,राजनीतिक नियुक्ति पाएका २,उपसचिव वा सो सरहका १८,शाखा अधिकृत वा सो सरहका ९४,सहायक कर्मचारी ४७,उपभोक्ता व्यवस्थापन समितिका ४५ र मतियार ५५ जनाविरुद्ध अख्तियारले मुद्धा चलाएको छ ।
गृहले प्रतिवादी बनाएका २८८ जनामध्ये १९२ जना प्रतिवादी स्थानीय तहसँग सम्बन्धित,४९ जना स्वास्थ्यसँग,२१ जना कृषि तथा पुशपक्षीसँग सम्बन्धित,१३ जना सञ्चार,९ शिक्षा र ४ जना गृहसँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ ।
यस्तै अख्तियारले शैक्षिक योग्यतासँग सम्बन्धित नक्कली प्रमाणपत्रसँग सम्बन्धित २७ जना प्रतिवादीमध्ये राजनीतिक नियुक्ति पाएका २,उपसचिव वा सो सरहका २,शाखा अधिकृत वा सो सरहका ९,सहायक स्तरका १४ लाई प्रतिवादी बनाएको छ,अख्तियारले ।
यस्तै सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याउने ३०१ प्रतिवादीलाई मुद्धा चलाइएकोमा पूर्व प्रधानन्त्री १,संघीयमन्त्री २,प्रदेश मन्त्री १,जनप्रतिनिधि २०,विशिष्ठ श्रेणीका १,सहसचिव १४,उपसचिव ३३,शाखा अधिकृत ४७,सहायक कर्मचारी ४७,उपभोक्ता तथा व्यवस्थापन समिति १८ र मतियार १०७ जना रहेका छन् ।
अख्तियारले मुद्धा चलाएकामध्ये घुस रिसवतसँग सम्बन्धित मुद्धामा १ उपसचिव,१५ शाखा अधिकृतसहित ७८ जनालाई प्रतिवादी बनाएको छ भने गैरकानुनी लाभ हानीको मुद्धामा १० सहसचिव,१८ शाखा अधिकृत,९४ जना शाखा अधिकृतलाई प्रतिवादी बनाएको छ अख्तियारले ।
यस्तै,झूठा नक्कली प्रमाणपत्रमा उपसचिवस्तरका २ र अधिकृतस्तरका ९ जनालाई प्रतिवादी बनाइएको छ । सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा सचिव १,सहसचिव १४,उपसचिव ३३ जनालाई प्रतिवादी बनाइँदा ४७ जना शाखा अधिकृत नै परेका छन् ।
यस्तै,गैरकानुनी सम्पत्ति आर्जनमा ४ शाखा अधिकृत समेत गरी कूल १३७ वटा मुद्धामा शाखा अधिकृत तहका कर्मचारी १७२,उपसचिव ५४,सहसचिव ४४ र सचिव १ जनालाई अख्तियारले पोलेको छ ।


























