संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक दिन जसो कर्मचारी सरुवा गर्न थालेको छ । मन्त्रालयले खरिदारदेखि उपसचिव तहसम्मका कर्मचारीहरुको सरुवा दैनिक रुपमा गर्न थालेको छ । मन्त्रालयले हिजोमात्र ५ जना उपसचिव र १४ जना शाखा अधिकृतहरुको सरुवा गरेको थियो । सरुवाको सूची अनुसार विभिन्न एक दर्जन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत हेरफेरमा परेका छन् ।
बिज्ञापन
मन्त्रालयले गरेको सरुवा सूची अनुसार उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिकामा गणेश नेपाली, लेटाङ नगरपालिकामा शशी राईलाई खटाएको छ । यस अघि भगवती न्यौपाने मन्त्री हुँदा स्थानीय तहमा खटाइएको उनी खटाएको ठाउँमा नगइ बीचबाटोबाटै दित्तेलबाट लेटाङ पुगेकी हुन । यस्का अलवा उपसचिवकै दरबन्दी रहेको भीमेश्वर नगरपालिका विष्णु प्रसाद सुवेदी,जलेश्वर नगरपालिकाबाट होमफ्रसाद घिमिरेलाई मलंगवामा पठाइएको छ ।
यस्तै मन्त्रालयले अधिकृतको दरबन्दी भएका स्थानीय तहमध्ये सुनसरीको गढी गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, सुनसरीको दवानगञ्ज गाउँपालिका, नुवाकोटको किस्पाङ गाउँपालिका, नुवाकोटकै मेधाङ गाउँपालिका, रहेका छन् । त्यस्तै, सर्लाहीको विष्णु गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका, रुपन्देहीको सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत सरुवा गरिएको छ ।
बिज्ञापन
सरुवाको सूची अनुसार, जिल्ला समन्वय समिति सिरहासहित थप ६ जना अधिकृतको समेत सरुवा गरिएको छ ।
यसरी कर्मचारी सरुवा गर्दा मनलाग्दी गर्न थालेको भन्दै कतिपय जनप्रतिनिधिहरुले नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा हेर्ने कर्मचारीमाथि जाइ लागेका छन् । नुवाकोटका एक स्थानीय तहका जनप्रतिनिधिले संघीय मामिला तथा सामान्य प्रशासनकर्मचारी प्रशासन हेर्दै आएका उपसचिव भिमकान्त पौडेलसँग झण्डै हात हालाहाल भएको बताइएको छ ।
नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका लामो समयदेखि निमित्तको भरमा चलिरहेको छ । यस अघिको प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियार लागेपछि त्यहाँ स्वास्थ्य सेवाका कर्मचारीलाई निमित्त दिइएको छ । सोही पालिकाका जान इच्छुक अधिकृतलाई रोकेर मन्त्रालयले यस अघि सोही पालिकामा बसिसकेकका अधिकृतलाई पुन सोही पालिकामा खटाइएसँगै मन्त्रालयका स्थानीय तह हेर्दै आएका उपसचिव र वडा अध्यक्षबीच झण्डै हात हालाहाल भएको थियो । मन्त्रालयकै कर्मचारी पिताम्बर सारुले छुटाएका कारण मात्र कुनै अप्रिय घटना हुन नपाएको मन्त्रालय स्रोतले जनाएको छ ।
बिज्ञापन
लामो प्रयास गरेर महिनौंसम्म मन्त्रालय धाउँदा समेत हाकिम नपाएका कारण उपसचिवसँग रुष्ट भएका सो पालिकाका उपाध्यक्ष उक्त घटना पछि आफ्नो दुबै मोवाइल स्वीचड अफ गरेर बसेका छन् ।


























