सामान्य प्रशासनभित्रै पालिका अध्यक्ष र उपसचिवको झण्डै कुटाकुट

कर्मचारी सरुवाको बिषयलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवमाथि हात हालाहालको स्थिति पैदा भएको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक दिन जसो कर्मचारी सरुवा गर्न थालेको छ । मन्त्रालयले खरिदारदेखि उपसचिव तहसम्मका कर्मचारीहरुको सरुवा दैनिक रुपमा गर्न थालेको छ । मन्त्रालयले हिजोमात्र ५ जना उपसचिव र १४ जना शाखा अधिकृतहरुको सरुवा गरेको थियो । सरुवाको सूची अनुसार विभिन्न एक दर्जन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत हेरफेरमा परेका छन् । यसरी पालिकाको प्रमुख प्रशासकीय अधिकृत खटाउने बिषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन हेर्दै आएका उपसचिव भिमकान्त पौडेलले बदमासी गरेको भन्दै नुवाकोटका एक स्थानीय तहका जनप्रतिनिधि उनीविरुद्ध जाइलागेका हुन ।

बिज्ञापन

मन्त्रालयले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत खटन पटन गर्नु अघि नुवकोटको किस्पाङ गाउँपालिकामा जानका लागि धादिङका त्रिपुरासुन्दरी गाउँपालिकाको प्रमुख अधिकृत राजु अधिकारी इच्छुक थिए । उनले मन्त्रालयमा निवेदन समेत दिएका थिए । तर सरुवाको सूची निस्कदा उनलाई नुवाकोटकै दुप्चेश्वरमा खटाइएसँगै त्यहाँ लफडा र हात हालाहाल भएको हो ।

सरुवा सूची अनुसार उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिकामा गणेश नेपाली, लेटाङ नगरपालिकामा शशी राईलाई खटाएको छ । यस अघि भगवती न्यौपाने मन्त्री हुँदा स्थानीय तहमा खटाइएको उनी खटाएको ठाउँमा नगइ बीचबाटोबाटै दित्तेलबाट लेटाङ पुगेकी हुन । यस्का अलवा उपसचिवकै दरबन्दी रहेको भीमेश्वर नगरपालिका विष्णु प्रसाद सुवेदी,जलेश्वर नगरपालिकाबाट होमफ्रसाद घिमिरेलाई मलंगवामा पठाइएको छ । यस्तै मन्त्रालयले अधिकृतको दरबन्दी भएका स्थानीय तहमध्ये सुनसरीको गढी गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, सुनसरीको दवानगञ्ज गाउँपालिका, नुवाकोटको किस्पाङ गाउँपालिका, नुवाकोटकै मेधाङ गाउँपालिका, रहेका छन् । त्यस्तै, सर्लाहीको विष्णु गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका, रुपन्देहीको सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत सरुवा गरिएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार, जिल्ला समन्वय समिति सिरहासहित थप ६ जना अधिकृतको समेत सरुवा गरिएको छ ।

नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका लामो समयदेखि निमित्तको भरमा चलिरहेको छ । यस अघिको प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियार लागेपछि त्यहाँ स्वास्थ्य सेवाका कर्मचारीलाई निमित्त दिइएको छ । सोही पालिकाका जान इच्छुक अधिकृतलाई रोकेपछि पालिकाको अध्यक्ष वीरबल तमाङ र उपसचिव भिमकान्तबीच चर्काचर्की परेको हो । बिषय चर्किदैं जाँदा घटना साम्य पार्नका लागि नुवाकोटका स्थानीय तहमा जान इच्छुक अन्य अधिकृतको नाम खोजिने क्रममा यस अघि सोही पालिकामा बसिसकेका एक अधिकृतको नाम फेरि हालिएको छ । उनले गृहबाट निस्किएर शिवपुरी गाउँपालिका जान इच्छा जाहेर गरेका थिए ।

हिजो पालिका अध्यक्ष र उपसचिवको चर्काचर्की पर्दा समन्वय गर्ने काम मन्त्रालयकै शाखा अधिकृत पिताम्बर सारुले गरेका थिए । उनी भिमकान्त मुनीका कर्मचारी हुन,सोही शाखा हेर्ने ।  मन्त्रालयकै कर्मचारी पिताम्बर सारुले छुटाएका कारण मात्र कुनै अप्रिय घटना हुन नपाएको मन्त्रालय स्रोतले जनाएको छ ।

लामो प्रयास गरेर महिनौंसम्म मन्त्रालय धाउँदा समेत हाकिम नपाएका कारण उपसचिवसँग रुष्ट भएका सो पालिकाका अध्यक्ष उक्त घटना पछि आफ्नो दुबै मोवाइल स्वीचड अफ गरेर बसेका छन् ।

notice

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष