पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

काठमाडौँ । नेपाल ट्रस्टका पूर्वसहसचिव लेखबहादुर कार्कीमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी आरोपमा अनुसन्धान जारी छ। जिल्ला अदालत काठमाडौंले उनलाई थप ८ दिन हिरासतमा राखी अनुसन्धान अगाडि बढाउने अनुमति दिएको हो।

बिज्ञापन

 

बिज्ञापन

६६ वर्षीय कार्की नेपाल सरकारका अवकाशप्राप्त सहसचिव हुन्। चितवनको भरतपुर महानगरपालिका–१५ निवासी कार्कीलाई शुक्रबार प्रहरीले चितवनबाट पक्राउ गरेको थियो।

 

बिज्ञापन

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार, कार्कीमाथि नेपाल ट्रस्टको नाममा रहेको काठमाडौंस्थित जग्गा लिजमा दिँदा संस्थालाई आर्थिक नोक्सानी हुनेगरी बदनियतपूर्वक सम्झौता गरेको आरोप छ।

 

अनुसन्धानमा संलग्न अधिकारीहरूले कार्कीले ट्रस्टको जग्गा ३० वर्षका लागि भाडामा दिँदा कानुनी प्रक्रिया उल्लङ्घन भएको आशंका गरेको बताएका छन्। सोही प्रकरणमा ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

 

प्रहरीका अनुसार, ट्रस्टको जग्गा लिज सम्झौतामा अनियमितता र बदनियतको प्रमाण फेला परेपछि कार्कीलाई पक्राउ गरिएको हो। अनुसन्धान सकिएपछि यसबारे थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष