अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु स्थानीय तहबाटै पाइने

अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु स्थानिय तहबाटै लिन सकिने भएको छ ।

बिज्ञापन

अर्थ मन्त्रालय मातहतका ३६ वटा कार्यालयहरु खारेज भएसँगै आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालयबाट हुने सेवा प्रवाहबारे स्पष्टीकरण दिएको छ।जस अनुसार,यस अघि  प्यान सेवा लिन करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएकोमा अबदेखि भने स्थानीय तहबाटै प्रदान हुने भएको हो । विभागका अनुसार करदाता सेवा कार्यालयहरुबाट प्रवाह भइरहेका सेवाहरुमध्ये स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्नेलगायतका सेवाहरु सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको छ।

बिज्ञापन

स्थानीय तहबाट सो सेवाहरु सूचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवाहरु सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाटै प्रवाह हुने व्यवस्था मिलाइएको आन्तरिक राजश्व विभागले स्पष्ट पारेको छ । कर भुक्तानी, करचुक्ता प्रमाणपत्र लगायतका धेरै सेवाहरु अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था हाल कार्यान्वयनमै रहेको छ ।

यस्का अलवा कर भुक्तानी, करचुक्ता प्रमाणपत्रलगायत धेरै सेवाहरु अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था हाल कार्यान्वयनमै रहेको पनि विभागले स्पष्ट पारेको छ ।

बिज्ञापन

आन्तरिक राजश्व विभाग तथा अन्तर्गतका कार्यालयको सेवा प्रवाहलाई अझ करदाताको नजिक र प्रविधिमैत्री बनाउँदै लैजाने नीति अनुरुप विकेन्द्रीकरण गर्ने व्यवस्था गरिएको तथा सेवा प्रवाहको वैकल्पिक व्यवस्था नभएसम्म सम्बन्धित करदाता सेवा कार्यालयहरुबाट सेवा सुचारु हुने विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष