संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदार,नायब सुव्वा,अधिकृतदेखि उपसचिव तहका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले ६ उपसचिव,१३ अधिकृत,नायब सुव्वा र खरिदार तहका २२ गरी ४१ जना कर्मचारीहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,राईनास नगरपालिकाका प्रमुख प्रशासकीइ अधिकृत धनेश्वर पौडेललाई जिसस गोरखामा पठाइएको छ भने हरिपुर्वा नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहलाई बहदुरमाइ नगरपालिका पर्सामा खटाइएको छ । यस्तै मन्त्रालयले जिसस खोटाङबाट ज्ञानराज लम्साल,हुलका निर्देशनालय दाङबाट लोृकनाथ भुसाललाई भौतिक मन्त्रालयमा ल्याएको छ भने गृहबाट तेजराज शर्मालाई भूमिमा र भौतिकबाट नरहरि तिवारीलाई उद्योगमा खटाएको छ ।
यस्तै मन्त्रालयले १३ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले वडिगाड, मोदी, कानेपोखरी र बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूसहित विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत शाखा अधिकृत तथा ईन्जिनियरहरुको सरुवा गरेको हो ।
बिज्ञापन
यस्तै मन्त्रालयले नायब सुव्वा र खरिदार तहका २२ गरी ४१ जना कर्मचारीहरुको सरुवा गरेको छ ।


























