खरिदार र नायब सुव्वा तहका कर्मचारीहरुको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले अतिरिक्त समूहमा दरबन्दी रही कार्यरत रहेका,दरबन्दी फाजिलमा परेका,संवैद्यानिक निकायबाट सरुवा सहमति प्राप्त भएका र प्रदशेबाट काज फिर्ता भएका राजपत्र अनंकित कर्मचारीहरुको सरुवा गरेको हो ।

बिज्ञापन

मन्त्रालयले ८ जना नासु र ५ खरिदारको सरुवा गरेको छ । सरुवा भएका कर्मचारीहरुमा विनोद निरौला उर्जा जलश्रोत मन्त्रालयबाट लोकसेवा आयोगमा सरुवा भएको जनाएको छ भने संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका लक्ष्मी नारायण निरौलालाई भूमि व्यवस्था मन्त्रालय,महिला बालबालिकामा रहेका बोलनाथ आचार्यलाई फाजिल व्यवस्थापन गर्दै भूमि व्यवस्थापन मन्त्रालय,सामान्यको अतिरिक्त समूहमा रहेका नारायण प्रसाद आचार्यलाई उद्योग मन्त्रालयमा,मुख्यमन्त्री तथा मन्त्रिपरिाषद्को कार्यालय कोशी प्रदेशबाट काज फिर्ता भएका हिरामाया अधिकारीलाई गृहमा सरुवा गरेको छ ।
यस्तै,मालपोत कार्यालय रामेछापबाट सचिन नगरकोटीलाई सञ्चार मन्त्रालयमा सरुवा गरेको छ । बर्बइ नदी सिचाइ आयोजनामा दरबन्दी रही फाजिलमा कृष्ण बहादुर विष्टलाई कृषि मन्त्रालय,स्वास्थ्य सेवा कार्यालय डोल्पामा दरबन्दी रही मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशबाट फिर्ता भएका धर्मराज शाहीलाई वन मन्त्रालयमा खटाइएको छ ।
यस्का अलवा खरिदार तहका पाँच कर्मचारी सरुवामा परेका छन् । सामान्यको अतिरिक्त समूहबाट खेमराज राई सञ्चार,हुलाक निर्देशनाय विराटनगरमा दरबन्दी भइ काजमा प्रधानमन्त्री कृषि परियोजनामा कार्यरत रहेका जगदीश राजवशीको फाजिल व्यवस्थापन गर्दै कृषि मन्त्रालयमा सरुवा गरेको छ । मन्त्रालयले रेनु तमाङलाई गृहबाट वनमा,भूमि सुधार कार्यालय,ललितपुरबाट युवराज कटुवाललाई सञ्चारमा र भूमिसुधार कार्यालय भक्तपुरमा दरबन्दी रहेका विनोद कटुवाललाई गृहमा सरुवा गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विचौलियालाई समाएर घुस्याहा कर्मचारीलाई उन्मुक्ति दिने तयारी

खरिदार र नायब सुव्वा तहका कर्मचारीहरुको सरुवा

एक लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन् सचिव बैठकका निर्णयहरु

निर्वाचन आयोगले माग्यो ७ अर्ब ८१ करोड,अर्थले निकासा गर्ने भयो ५ अर्ब मात्र

अन्नपूर्ण बेसक्याम्पमा बाक्लो हिमपात, १ सय ८२ जना पर्यटकको उद्धार

निजामती प्रवेश : जुम्ला पहिलो,मनाङ शून्य,यस्तो छ ७७ वटै जिल्लाको पोजिसन

सचिव बनेको तीन महिना पछि श्रीमतीलाई नर्सिङ प्रशिक्षकमा ठाडो नियुक्ति

बिशेष