चार कर्मचारी बर्खास्त,तीनलाई विभागीय कारवाही

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार कर्मचारी बर्खास्त भएका छन् भने तीन माथि विभागीइ कारवाही अगाडि बढाइएको छ ।
प्रतिष्ठानले नियम विपरीत कार्य गर्ने पाँच कर्मचारीलाई बर्खास्त र तीन जनामाथि विभागीय कारबाही अघि बढाएको जनाएको छ ।

बिज्ञापन

प्रतिष्ठानका अनुसार डा मोहन्चन्द्र रेग्मी, लक्ष्मी सुवेदी, दिरण भट्टराई र सुरेन बास्फोर बर्खास्तमा परेका छन् । तीन जनामाथि विभागीय कारबाही अगाडि बढाएको छ ।बर्खास्तीमा परेका मध्ये रेग्मी प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ हुन । उनी प्रतिष्ठानमा कार्यरत रहँदै काठमाडौंस्थित सिभिल अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । दुई वर्षका लागि काजमा खटिएका भए पनि काज अवधि सकिएपछि पनि प्रतिष्ठानमा हाजिर नगरेकाले उनलाई बर्खास्त गर्रिको छ । यस्तै उनको पत्नी तथा प्रतिष्ठानकै स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनकी असिस्टेन्ट प्रोफेसर लक्ष्मी सुवेदीलाई पनि बर्खास्त गरिएको छ । सुवेदीलाई अध्ययन बिदा स्वीकृत नगरी नियम विपरीत विदेश गएको पुष्टि भएपछि उनलाईसमेत बर्खास्त गरिएको जनाइएको छ । यस्तै कर्मचारीहरू दिरण भट्टराई र सुरेन बास्फोर पनि बर्खास्तीमा परेका छन् । ती कर्मचारीहरूले काममा लापरबाही, प्रशासनिक नियम उल्लंघन र अनुशासनहीन व्यवहार गरेको आरोपमा बर्खास्ती गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

बिज्ञापन

यस्का अलवा हाडजोर्नी विभागका प्रमुख डा रोशन कलवार र शाखा अधिकृत कान्तलाल चौधरीमाथि एक ग्रेड घटाई विभागीय कारबाही गरिएको छ । उनीहरूलेसमेत पदको दुरुपयोग र आन्तरिक नियमविपरीत काम गरेको पाएपछि त्यसअनुसार कारबाही अगाडि बढाइएको प्रतिष्ठानले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारले ट्रेड युनियन खारेज गर्ने मनशाय राखेको छैनः मन्त्री यादव

सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप

भन्सार विभागको महानिर्देशकमा यमलाल, आन्तरिकमा डाक्टर भीष्म

आठ कर्मचारी संगठनलाई मन्त्रालयको तीन दिने अल्टिमेटम

भागदौडको ट्रेलर सार्वजनिक

गृह वा अर्थ ताकेका सचिवको मधेश प्रदेशमा सरुवा

अश्लिल हर्कतको भिडियो सार्वजनिक भए पछि सिंहदरबारबाटै पक्राउ परे अधिकृत

अर्थका दुई ठूला विभागमा को बन्दैछन् महानिर्देशक ?

बिशेष