मोटरसाइकल दुर्घटनामा कृषि अधिकृत लम्सालको मृत्यु

स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको ज्यान गएको छ।

बिज्ञापन

 

बिज्ञापन

पोखरास्थित राष्ट्रिय कृषि परियोजना इकाई कार्यालयका प्रमुखसमेत रहेका पुतलीबजार–१४ लामागे निवासी ४५ वर्षीय लम्साल शुक्रबार बिहान साथीहरूसँग चण्डी सत्तौ मन्दिर दर्शनका लागि गएका थिए। मन्दिरबाट फर्कने क्रममा उनी सवार लु ५१ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई आमडाँडास्थित सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

 

बिज्ञापन

तीनदेखि चार घण्टासम्म सम्पर्कमा नआएपछि खोजतलास सुरु गरिएको थियो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार लम्साललाई अपराह्न करिब ४ बजे मृत अवस्थामा फेला पारिएको हो।

 

प्रारम्भिक अनुमान अनुसार टाउकोमा गम्भीर चोट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समातिएका दर्जनौं भिआइपी,छुटे सबै धरौटीमा

१० सचिव,३५ सहसचिव ६५ उपसचिवसहित ६ सय कर्मचारीको दरबन्दी कटौती

करारका कर्मचारीमाथि विभेद किन ?

राष्ट्रिय कितावखानाको विशेष प्याकेज : सार्वजनिक विदाका दिनमा समेत सम्पति विवरण वुझाउन सकिने

३ अर्ब ४५ करोडको बजेट ल्याउँदै बुढानीलकण्ठ, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्मलाई उच्च प्राथमिकता

यो निर्णयबाट पनि व्याक भयो सरकार

करार कर्मचारी नहटाइने, ‘पूल’मा राखेर आवश्यकता अनुसार परिचालन गरिने

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

बिशेष