थप २५ वटा रुग्ण सडकका ठेक्का तोड्ने प्रक्रिया प्रारम्भ

सडक विभागले थप २५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ। सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका २५ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् ।
जस अनुसार, सडक डिभिजन कार्यालय साँफेबगर, अछामले जिम्मा लिएको काम समयमै पूरा नगर्ने ६ वटा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने चेतावनी दिएको छ। आज सूचना जारी गर्दै सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का सम्झौता नतोड्नुपर्ने मनासिव कारण भए १५ दिनभित्र आधिकारिक व्यक्तिलाई उपस्थित भएर स्पष्टीकरण दिन भनेको हो।

बिज्ञापन

आधिकारिक व्यक्तिहरू उपस्थित भई चित्त बुझ्दो स्पष्टीकरण र कार्य सम्पन्न गर्ने विश्वसनीय आधार पेस नभएमा ठेक्का सम्झौता शर्त तथा प्रचलित कानुन बमोजिम अन्त्य हुने चेतावनीसमेत विभागले दिएको छ।
यस्तै,सडक डिभिजन कार्यालय काठमाडौंले सात, ओखलढुङ्गा र अछामले पाँच–पाँच, पाल्पाले चार र धनकुटा, पोखरा, मध्यपहाडी र गोरखा सडक योजनाले एक–एक ठेक्का तोड्ने तयारी गरेको छ। यी सबै ठेक्कामा पटकपटक म्याद थपिए पनि ठेकेदारले तोकिएको समयसीमामा निर्माण कार्य सम्पन्न नगरेका र लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेका कारण ठेक्का उल्लंघन भएको जनाइएको छ।

बिज्ञापन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए। सो निर्देशनपछि सडक विभागले रुग्ण ठेक्का पहिचान गरी तोड्ने अभियानलाई तीव्रता दिएको हो। विभागका अनुसार हाल सडकतर्फ २५८ ठेक्का रुग्ण अवस्थामा रहेका छन्।

ठेक्का सम्झौता तोड्नुअघि विभागले ठेकेदारहरूलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न आह्वान गरेको छ। सो अवधिभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालन योजना, प्रतिबद्धता र ठेक्का नतोड्ने उचित कारणसहित आधिकारिक रूपमा कार्यालयमा उपस्थित हुन सूचना मार्फत भनिएको छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

बिशेष