जलेर खरानी भएका सवारीका नामबाटै इन्धन भत्ता

जेनजी आन्दोलनका क्रममा खरानी भएका सवारी साधनको नाममा इन्धन सुविधा लिने उपाय निकालेका छन् सिंहदरबारका कर्मचारीले ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेर अन्य निकायका अनियमितता र बेथिति हेर्ने जिम्मेवारीप्राप्त राष्ट्रिय सतर्कता केन्द्रमै यस्तो गडबडी भेटिएको हो । भदौ २४ गते सिंहदरबारभित्रका ५ सय ४१ सवारी साधन खरानी भए । जसमध्ये १ सय ९८ चारपांग्रे र ३ सय ९८ मोटरसाइकल तथा स्कुटर छन् ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १७ मन्त्रालय र अन्य निकायका साढे पाँच सय सवारी खरानी हुँदा पुरानोे गृह मन्त्रालयको अगाडि र शिक्षा मन्त्रालयसँगै जोडिएको राष्ट्रिय सतर्कता केन्द्रका ८ वटा चार पांग्रे सवारी र ११ वटा दुई चक्के (बाइक, स्कुटी) पनि आक्रमणमा परे । तिनै सवारी साधनका नाममा समेत सतर्कता केन्द्रका कर्मचारीले इन्धन सुविधा बुझ्न लागेका हुन् । आज–भोलिमै इन्धन सुविधाबापतको भुक्तानी उनीहरूको खातामा आउनेछ । विध्वंशको महिना दिन पूरा भइसक्दासमेत उक्त कार्यालयमा अझैंसम्म विद्युत सेवा जोड्न नसक्दा इन्टरनेटको पूरै विच्छेद छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा १ मन्त्री, ५ सचिव, १० जना सहसचिव, पुलमा ५ गरी दरबन्दीअनुसार २१ वटा चार पांग्रे हुनुपर्ने हो । त्यहाँका ३५ वटा चार पांग्रे ध्वस्त भएका छन् । त्यसरी खरानी बनाइनेमध्ये निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहालले चढ्दै आएको सवारी साधन पनि हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, उनलाई केपी शर्मा ओलीका निजी सचिव विनोद कुँवरले चार पांग्रे गाडी उपलब्ध गराएका थिए । सो साधन बबरमहलस्थित संगठनको भवनअगाडि राखिएकोमा त्यहीँ आगलागी भएको छ । संगठनका महासचिव रामचन्द्र अधिकारी ९आरसी०ले समेत उपसचिवले चढ्दै आएको गाडी प्रयोग गरेका थिए । उक्त साधनसमेत खरानी हुन पुगेको छ । सरकारी नम्बर प्लेटको गाडीकै कारण झण्डै सात करोड खर्चेर बनाइएको बबरमहलस्थित कर्मचारी संगठन भवनमा आगलागी हुन पुगेको छ ।

बिज्ञापन

जेनजी आन्दोलनकै क्रममा भौतिक मन्त्रालयको २९ थान चार पांग्रे र २६ थान दुई पांग्रे ध्वस्त भएका छन् । शिक्षा मन्त्रालयका चार पांग्रे १७ र दुई पांग्रे ४५ वटा गरी ६२ सवारी साधनमा क्षति पुग्यो । अर्थ मन्त्रालयको ५४ वटा दुर्ई पांग्रेसहित ६८, गृह मन्त्रालयको २५ वटा दुई पांग्रेसहित ४७, भौतिक मन्त्रालयको २९ वटा दुई पांग्रेसहित ५५ वटा सवारी साधनमा आगो लागेको बताइन्छ ।

कानुन मन्त्रालयको एक वटा दुर्ई पांग्रे र एक चार पांग्रे सवारीमा आगलागी भएको छ । यस्तै, वन मन्त्रालयका १० दुई पांग्रेसहित ३०, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २६ वटा चार पांग्रेसहित ६३ सवारी साधनमा आगो लागेका छन् । संस्कृति, पर्यटनका २ वटा दुई पांग्रे र २ वटा चार पांग्रे आगलागी भएको छ । यस्तै, कृषि तथा पशुपक्षी मन्त्रालयका ५ वटा चार पांग्रेसहित ४०, खानेपानीका दुई पांग्रे १६ र चार पांग्रे ५ वटा गरी २१ वटा सवारी साधनमा आगो लागेका छन् । युवा तथा खेलकुदका ६ वटा चार पांग्रेसहित १४, राष्ट्रिय योजना आयोगका दुर्ई वटा चार पांग्रे गाडी खरानी भएका छन् । खानेपानी मन्त्रालयको ५ वटा चार पांग्रेसहित २१, युवा तथा खेलकुदका ६ वटा चार पांग्रे, ८ वटा दुर्ई पांग्रेसहित १४, राष्ट्रिय योजना आयोगका २ वटा गाडी, सञ्चार मन्त्रालयका २ वटा गाडीसहित १७ सवारी साधन आगलागी भएकोमा मुद्रण विभागको २ वटा चार पांग्रेसहित १७ वटा सवारी ध्वस्त भएका छन् । यस्तै महिला मन्त्रालयको १५ वटा दुई पांग्रे सवारी साधनमा आगलागी भएको विवरण पनि उपलब्ध छ ।

मापदण्ड अनुसार, सहसचिव र सचिव तहका कर्मचारीले मात्र चार पांग्रे सवारी साधन सुविधा पाउने भए पनि प्रधानमन्त्री कार्यालयमा दरबन्दीभन्दा २६ वटा बढी, अर्थमा १ मन्त्री, २ सचिव, ९ सहसचिव र पुलमा ५ गरी दरबन्दीअनुसार १७ वटा चार पांग्रे भए पुग्नेमा १९ वटा बढी सवारी खरानी बनाइएको छ । गृह मन्त्रालयमा १ सचिव, ६ सहसचिव, पुलमा ५ गरी १३ मात्र दरबन्दी रहेकोमा दरबन्दीभन्दा १२ वटा बढी चार पांग्रे सवारी साधन रहेको मन्त्रालयका एक सहसचिवले बताए । ती सबै खरानी भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमा २० वटा बढी चार पांग्रे सवारी साधन छन् । सचिव, ६ सहसचिव र पुलमा ५ दरबन्दी रहेकोमा ३३ वटा चार पांग्रे सवारी साधन थुपारिएको छ । यस्तै, शिक्षा मन्त्रालयमा सचिव र सहसचिव गरी १५ जनाको दरबन्दी रहेकोमा २६ वटा चार पांग्रे जलेको बिबरण प्राप्त भएको छ । युवा तथा खेलकुदमा ११, वन मन्त्रालयमा ७, सर्वोच्च अदालतमा १७, शहरी मन्त्रालयमा ३९ र सडक विभागमा दरबन्दीभन्दा ५५ वटा बढी सवारी साधन रहेकोमा ती सबै आगजनी भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जलेर खरानी भएका सवारीका नामबाटै इन्धन भत्ता

चुनावी क्याविनेटका २० निर्णय : ६ वैदेशिक भ्रमण स्वीकृत,८ सरुवा,बढुवा

अनुसन्धानको दायरामा रहेका सचिवलाई क्षति विवरण संकलन गर्ने जिम्मेवारी

सहसचिव गणेशराज वस्तीको कविता :धर्मकर्म नित्य गर

मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,बढुवादेखि अस्थायी दरबन्दी स्वीकृतसम्म

स्थानीय तहमा खटाइएका चार उपसचिव,सरुवा उल्टाएर मन्त्रीको सचिवालयमा

१५ शाखा अधिकृतको सरुवा ८ को अख्तियारमा इन्ट्री हुँदा तीन पुगे गृहमा

मधेश प्रदेशका ३४ सहित ४३ स्थानीय तहले अझैं पेश गरेनन् बजेट

बिशेष