अनुसन्धानको दायरामा रहेका सचिवलाई क्षति विवरण संकलन गर्ने जिम्मेवारी

गत जेठ २३ र २४ को प्रदर्शनमा भएको जनधनको क्षती,रवि लामिछानेलाई कारागारबाट निकाल्नमा शंकास्पद् भूमिका रहेका र छानबिनको दायरामा रहेका सचिवलाई उल्टै जेनजी प्रदर्शनको क्रममा भएको क्षतीको संकलन गर्ने जिम्मेवारी दिएको छ ।

बिज्ञापन

भदौ २३–२४ गतेको घटना सम्बन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसहित पाँच जनालाई देशभित्र र देश बाहिर जान बन्देज लगाएकोमा कार्की नेतृत्वको आयोगले  काठमाडौं बाहिर जान सहमति दिएको छ ।

बिज्ञापन

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई सात दिनका लागि उपत्यका बाहिर जान अनुमति दिइएको हो तर विदेश भ्रमणमा लगाइएको रोक भने यथावत् छ । हाल राष्ट्रिय योजना आयोगको सचिव रहेका दुवाडीले कामको शिलशिलामा उपत्यका बाहिर जान अनुमति माग्दै बिहीबार आयोगमा निवेदन दिएका थिए ।

आयोगले असोज १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित गृहसचिव दुवाडीसहित ५ जनालाई उपत्यका बाहिर जान रोक लगाएको थियो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले हाल राष्ट्रिय योजना आयोगमा रहेका दुवाडीलाई भदौ २३ र २४ गतेको ‘जेन्जी पुस्ता आन्दोलन’का क्रममा भएको क्षतिको मूल्याङ्कनका लागि स्थलगत अवलोकन भ्रमणमा सहभागी हुन अनुमति दिइएको जनाएको छ ।

बिज्ञापन

आयोगका अनुसार दुवाडीले आन्दोलनका क्रममा गृहसचिवको हैसियतमा गरेको कामसम्बन्धी अनुसन्धानमा सहयोग गर्न जुनसुकै बेला आयोगमा उपस्थित हुनुपर्ने भएकाले अनुमति अवधि सात दिनभन्दा बढी नहुने र विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध कायम राख्ने निर्णय गरिएको छ ।

आयोगका सदस्य एवम् प्रवक्ता विज्ञान राज शर्माले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी निकाय, उद्योग व्यवसाय, शिक्षण संस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण शीघ्र विवरण पठाइदिन आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जलेर खरानी भएका सवारीका नामबाटै इन्धन भत्ता

चुनावी क्याविनेटका २० निर्णय : ६ वैदेशिक भ्रमण स्वीकृत,८ सरुवा,बढुवा

अनुसन्धानको दायरामा रहेका सचिवलाई क्षति विवरण संकलन गर्ने जिम्मेवारी

सहसचिव गणेशराज वस्तीको कविता :धर्मकर्म नित्य गर

मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,बढुवादेखि अस्थायी दरबन्दी स्वीकृतसम्म

स्थानीय तहमा खटाइएका चार उपसचिव,सरुवा उल्टाएर मन्त्रीको सचिवालयमा

१५ शाखा अधिकृतको सरुवा ८ को अख्तियारमा इन्ट्री हुँदा तीन पुगे गृहमा

मधेश प्रदेशका ३४ सहित ४३ स्थानीय तहले अझैं पेश गरेनन् बजेट

बिशेष