सहसचिव गणेशराज वस्तीको कविता :धर्मकर्म नित्य गर

तिमी फिस्स हाँस
तिमी यसरी नै बाँच
तिमी भुरुरु उँड
पश्चिम देरादुन पूग
यसो हेर र
यता त होइन भन!

पूर्व दार्जलिङ हुँदै
सिक्किम पूग!
र, यसबीचका
राम्रा सारालाई
दोर्जे भन,
टियुमा मेरिटमा
भिसी राख्न खोज्नेलाई
दोर्जे भन!
टियुको परीक्षा नतिजा
तिनै महिनामा निकाल्न
खोज्नेलाई दोर्जे भन!
टियुको जग्ग्गा हिनामिनाको
हिसाब खोज्नेलाई दोर्जे भन!
अरबौं खर्च गरेर
अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने
तर,
महिनामा यौटा पनि अन्तर्राष्ट्रिय जहाज
नआउँदा
यस्तो के गरेको भनी सोध्नेलाई
तिमी दोर्जे भन!
खेतको बीचमा लगेर
अरबौँ खर्च गरेर
भ्युटावर बनाउनेलाई
के गरेको भनी
औंला ठड्याउनेलाई
तिमी दोर्जे भन!
देशको ढुकुटीमा
वर्षौंदेखि आधिपत्य जमाउने
तर
नेपालका पहाडका टुप्पो टुप्पोमा
भ्युटावर ठड्याउनेलाई
खबरदारी गर्दै
अब यस्तो कुकार्य बन्दहोस्
भन्नेलाई तिमी दोर्जे भन्!
भन!
तिमी अझै
आफूलाई मनलागेका ठाउँमा,
राम्रा-राम्रा र धेरै बजेट हुने
ठुल्ठूला कार्यालयमा
आफूलाई
गोप्य रूपमा सहयोग गर्ने
मागेका कुरा सबै दिने
“हँ”मा “अँ” मिसाउने
आफ्ना अरौटे भरौटे
हुक्के चम्चे
नाता पाता
थर र गोत्र मिल्ने
मान्छे मात्र खटाउनेलाई
खबरदारी गर्दै
यस्तो के गरेको? भनी
सोध्नेलाई
तिमी दोर्जे भन!
होनहार युवाहरूको नित्य पलायनले
देश दिननुदिन खण्डहर हुनलागेको
सन्निकटको दृश्य सहन नसकी
गरिबको बेथागाथा!
झुपडीभित्रको दिनचर्या!
ग्रामिण भेगका दु:ख, असुबिधा
पिछडिएका क्षेत्र, वर्गका
कष्ट, पिरमर्का र पीडालाई
विभिन्न आवाजमा
ध्वनिमा
भाषा वा लिपिमा
गित वा कवितामा फुर्दा!
वा, माइतिघर
वा, ससुरालीतिर दगुर्दा
खाटैबाट वा बाटैबाट
तर, भित्री आँतैबाट
सक्कली रूपमा
पृथ्वीनारायण शाहलाई
सम्झिएर
देश र
यहाँका नागरिकको हितमात्र चिताएर
यहाँका
सदाबहार छेदहरूमाथि
औँला उठाएर
खबरदारी गर्नेहरूलाई
तिमी दोर्जे भन!
तिमी आफ्नो धर्म कर्म
नित्य गर,
नित्य गर।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आवद्ध भए सेवाबाट बर्खास्त

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई

कर्मचारी ट्रेड युनियन खारेजीमा अदालतको रोक,न्यायाधीशबिच बाझियो राय

सरकारी ठेक्का ह्याकिङ प्रकरण : शहरीका सुब्बा मुख्य योजनाकार,ठेकेदारको मुद्धा बनाइयो कमजोर

निजामतीमा राजीनामाको लहर : महिना दिनमै शाखा अधिकृतदेखि सहसचिव तहका १० ले छाडे जागिर

१ लाख ४० हजार घुससहित कार्यालय प्रमुख अख्तियारको फन्दामा

बिद्यार्थी संगठनमाथि प्रतिवन्धमा लाग्यो रोक,ट्रेड युनियन खारेजीको आदेश आउँदै

निजामती सन्तती छात्रवृत्तिको नतिजा सार्वजनिक : ७९३ छनौंट,५५ को आवेदन अस्वीकार

बिशेष