बीपी राजमार्ग अवरुद्धपछि मन्थली–चरिकोट–दोललघाट हुँदै काठमाडौं वैकल्पिक मार्ग सञ्चालनमा

राजधानी काठमाडौं प्रवेश गर्ने प्रमुख बीपी राजमार्ग रोशी खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।

बिज्ञापन

सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख ई. नारायणदत्त भण्डारीका अनुसार बीपी राजमार्गको खुर्कोट–मन्थली–चरिकोट–दोललघाट हुँदै काठमाडौं आउने वैकल्पिक मार्ग आजदेखि सञ्चालनमा आएको हो ।

बिज्ञापन

उनका अनुसार अविरल वर्षाका कारण विभिन्न ठाउँमा खसेका पहिरो हटाइएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको हो । दोलखाको कालदह क्षेत्रमा सडक मर्मत कार्य सकिएसँगै यातायात आवागमन सहज भएको डिभिजन प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खुर्कोट–मन्थली–चरिकोट हुँदै काठमाडौं आउने सडक अहिले राम्रो अवस्थामा छ । केही स्थानमा साना अवरोधहरू हटाइएका छन् । पूर्वी पहाड र मधेस प्रदेशबाट आउने सवारीसाधनले ढुक्क भएर यस मार्गको प्रयोग गर्न सक्नुहुन्छ ।”

बिज्ञापन

भण्डारीका अनुसार हाल कालदह क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा भए पनि भोलिदेखि दुईतर्फी आवागमन सुरु गर्ने तयारी भइरहेको छ ।

यससँगै बाढीका कारण अवरुद्ध बनेको तातोपानी नाका पनि केही दिनभित्र सञ्चालनमा ल्याउने उद्देश्यले भोलिबाट पुनर्निर्माण कार्य सुरु हुने जानकारी भण्डारीले दिनुभयो ।

खुर्कोट–मन्थली–दोलखा–खाँडीचोर–दोललघाट–धुलिखेल हुँदै काठमाडौं पुग्ने यो वैकल्पिक मार्ग केही लामो भए पनि अहिलेका लागि सबैभन्दा सुरक्षित विकल्प रहेको बताइन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष