बीपी राजमार्ग अवरुद्धपछि मन्थली–चरिकोट–दोललघाट हुँदै काठमाडौं वैकल्पिक मार्ग सञ्चालनमा

राजधानी काठमाडौं प्रवेश गर्ने प्रमुख बीपी राजमार्ग रोशी खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।

बिज्ञापन

सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख ई. नारायणदत्त भण्डारीका अनुसार बीपी राजमार्गको खुर्कोट–मन्थली–चरिकोट–दोललघाट हुँदै काठमाडौं आउने वैकल्पिक मार्ग आजदेखि सञ्चालनमा आएको हो ।

बिज्ञापन

उनका अनुसार अविरल वर्षाका कारण विभिन्न ठाउँमा खसेका पहिरो हटाइएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको हो । दोलखाको कालदह क्षेत्रमा सडक मर्मत कार्य सकिएसँगै यातायात आवागमन सहज भएको डिभिजन प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खुर्कोट–मन्थली–चरिकोट हुँदै काठमाडौं आउने सडक अहिले राम्रो अवस्थामा छ । केही स्थानमा साना अवरोधहरू हटाइएका छन् । पूर्वी पहाड र मधेस प्रदेशबाट आउने सवारीसाधनले ढुक्क भएर यस मार्गको प्रयोग गर्न सक्नुहुन्छ ।”

बिज्ञापन

भण्डारीका अनुसार हाल कालदह क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा भए पनि भोलिदेखि दुईतर्फी आवागमन सुरु गर्ने तयारी भइरहेको छ ।

यससँगै बाढीका कारण अवरुद्ध बनेको तातोपानी नाका पनि केही दिनभित्र सञ्चालनमा ल्याउने उद्देश्यले भोलिबाट पुनर्निर्माण कार्य सुरु हुने जानकारी भण्डारीले दिनुभयो ।

खुर्कोट–मन्थली–दोलखा–खाँडीचोर–दोललघाट–धुलिखेल हुँदै काठमाडौं पुग्ने यो वैकल्पिक मार्ग केही लामो भए पनि अहिलेका लागि सबैभन्दा सुरक्षित विकल्प रहेको बताइन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

क्वार्टरसहित शान्त ठाउँमा जान चाहेका सहसचिवको सामान्यको बरण्डामा सरुवा

भ्रष्टाचारको गन्ध: सान्जेन, लाङटाङ भोटेकोशी र सलासुलुङ्गी हाइड्रोपावरको रकममा बनेको पुल एक वर्षमै भत्कियो

अख्तियारका प्रमुख आयुक्तलाई हटाउने तयारी,जेनजीले माग्यो प्रेम राईसहित आयुक्तहरुको राजीनामा

बीपी राजमार्ग अवरुद्धपछि मन्थली–चरिकोट–दोललघाट हुँदै काठमाडौं वैकल्पिक मार्ग सञ्चालनमा

तातोपानी नाका पुनः सञ्चालन, आजदेखि सवारी आवागमन सुरू

सात जना सहसचिवहरूको सरुवा

निजामतीमा छन् ४५ हजार बढी दलका कार्यकर्ता कर्मचारी

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

बिशेष