रसुवामा विदेशी पर्यटक अलपत्र, प्रशासनले सतर्कता अपनाउन अनुरोध

रसुवा । लगातारको अविरल वर्षाका कारण रसुवाका विभिन्न पर्यटकीय क्षेत्रहरूमा पुगेका विदेशी पर्यटकहरू बेत्रावती क्षेत्रमा अलपत्र परेका छन्। बाढी, पहिरो र पदमार्ग क्षतिग्रस्त भएपछि उनीहरूलाई अघि बढ्न असम्भव बनेको हो।

बिज्ञापन

 

बिज्ञापन

पर्यटन व्यवसायी र टुरिस्ट गाइडहरूले जिल्लाको भौतिक अवस्था र मार्गस्थिति नबुझी यात्राको तालिका तय गरेपछि समस्या उत्पन्न भएको बताइएको छ। यसले गर्दा रसुवातर्फ आएका पर्यटकहरू बेत्रावतीमै फर्किन वा बस्न बाध्य भएका हुन्।

 

बिज्ञापन

गत दुई दिनदेखि परेको निरन्तर वर्षाले रसुवाका विभिन्न स्थानहरूमा सडक, पदमार्ग र आधारभूत पूर्वाधारहरूमा क्षति पुर्‍याएको छ। गोसाइँकुण्ड, लाङटाङ र स्याफ्रुबेसी जाने मार्गका धेरै ठाउँमा पहिरो खसेका कारण आवागमन अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

 

जिल्ला प्रशासन कार्यालयले पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिँदै अनावश्यक जोखिम नलिन र यात्रा अघि सम्बन्धित निकायसँग अनिवार्य समन्वय गर्न आग्रह गरेको छ। साथै, मौसम सामान्य नहुँदासम्म वैकल्पिक योजना बनाएर मात्र यात्रा गर्न पर्यटकहरूलाई सल्लाह दिइएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष