नं. १५ गण काभ्रेको सुरक्षा फौजले धुलिखेल नगरपालिका–९ पिपलबोटस्थित पहिरोबाट भत्किएको घरको सम्पूर्ण सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य सम्पन्न गरेको छ ।
बिज्ञापन
बिज्ञापन
लगातारको वर्षाका कारण सो क्षेत्रमा गएको पहिरोले स्थानीय बासिन्दाको घर पूर्ण रूपमा क्षति पुर्याएको थियो। घटनापछि नेपाली सेनाको नं.१५ गण काभ्रेको टोली तत्काल घटनास्थल पुगेर उद्धार तथा राहत सहयोगमा खटिएको थियो।
बिज्ञापन
सेनाको टोलीले घरभित्र रहेका वस्तुहरू सावधानीपूर्वक बाहिर निकाल्दै नजिकैको सुरक्षित स्थानमा सारिएको धुलिखेल नगरपालिकाले जनाएको छ। यस कार्यले पहिरोपीडित परिवारलाई थप क्षति हुनबाट जोगाउन सहयोग पुगेको स्थानीयले बताएका छन्।
नेपाली सेनाले विपद् व्यवस्थापन र उद्धार कार्यमा सधैं तत्पर रहँदै आएको भन्दै स्थानीयवासीले सेनाको सक्रियता र मानवीय सहयोगप्रति आभार व्यक्त गरेका छन्।