बिपी राजमार्ग सुचारु हुन ढिलाइ, वैकल्पिक सडक पनि जोखिममा

लगातारको वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको विभिन्न खण्डमा ठूला पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ । यसबीच, वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको खुर्खोट–मन्थली–चरिकोट–काठमाडौं सडक खण्ड पनि दोलखाको कालिदह नजिकै पहिरो खसेपछि अवरुद्ध बनेको छ ।

बिज्ञापन

दोलखाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहितको टोलीले आइतबार बिहान उक्त क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणपछि सडक डिभिजन, सुरक्षाकर्मी र स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाउने कार्य सुरु गरिएको दोलखा सडक डिभिजनले जनाएको छ ।

बिज्ञापन

डिभिजन प्रमुखका अनुसार लगातारको वर्षाका कारण माटो चिप्लो र भारी उपकरण सञ्चालनमा कठिनाइ भएकाले सडक खोल्न केही समय लाग्ने अनुमान गरिएको छ ।

सडक खुल्नेबित्तिकै खुर्खोट–मन्थली–चरिकोट–काठमाडौं वैकल्पिक मार्ग सञ्चालनमा ल्याइने डिभिजनका अधिकारीले बताएका छन् । हालसम्म सो मार्गमा सवारीसाधन आवागमन पूर्ण रूपमा रोकिएको छ ।

बिज्ञापन

स्थानीय प्रशासनले यात्रुहरूलाई अनावश्यक जोखिम मोलेर यात्रा नगर्न तथा सम्बन्धित सडक कार्यालयले दिने सूचनाको प्रतीक्षा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष