नेपालमा पहिलो पटक रकशेड निर्माणको तयारी, पूर्व सचिव थापाको टिप्पणी

काठमाडौं । तुइन खोलामा गएको भीषण पहिरोका कारण ६० घण्टासम्म अवरुद्ध भएको मुग्लिन–नारायणघाट सडकले पुनः रकशेड (Rock Shed) जस्ता पूर्वाधुनिक संरचनाको आवश्यकता बलियोसँग उठाएको छ । नेपाल सरकारका पूर्व सचिव तथा इन्जिनियर अर्जुनजंग थापाले नेपालको राजमार्ग प्रणालीमा अझै रकशेड जस्तो संरचना निर्माण नभएको बताए ।

बिज्ञापन

उनका अनुसार बुटवल नजिकको सिद्धवावा भीरमा प्रत्येक वर्षा ढुंगा खस्ने र जनधनको क्षति हुने समस्यालाई न्यूनीकरण गर्न स्वीस परामर्शदाताले सुरुंगसँगै सानो रकशेडसमेतको प्रस्ताव गरेको थियो । तत्कालीन अर्थमन्त्रीको पहलमा सो प्रस्ताव स्वीकृत भई सिद्धार्थ राजमार्गमा सुरुंग निर्माण अन्तिम चरणमा पुगेको र सुरुंग सञ्चालन भएपछि नेपालको पहिलो रकशेड निर्माण थालिने उनले जानकारी दिए ।

बिज्ञापन

मुग्लिन–नारायणघाट सडकको स्तरोन्नतिको क्रममा करिब चार दर्जन स्थानमा Rock Bolting, Wire Mesh, Rock Anchor, Bioengineering जस्ता प्रविधि अपनाइएका थिए । थापाका अनुसार यी मध्ये अधिकांश स्थानमा सबलीकरण सफल भए पनि ३१ किलोमिटर क्षेत्रमा समस्या अझै जटिल छ । मौरी खोलामा स्थानीय सडक निर्माण गर्दा माथिबाट फालिएको माटोले नयाँ पहिरो सृजना भई ठुलो जनधनको क्षति भएको तथ्य पनि उनले स्मरण गरे ।

सडक विभागभित्रै छोटा सुरुंगमार्फत पहुँच मार्ग बनाउन सकिने सुझाव आए पनि प्रचलित खरिद कानुन र Value Engineering लाई नियामक निकायहरूले बुझ्ने तरिका जटिल भएकाले ती प्रस्ताव कार्यान्वयन हुन नसकेको थापाको भनाइ छ । “नियामक निकायले यस्ता प्राविधिक उपायलाई अन्यथा बुझ्ने भएकाले आज मात्रै होइन भोलि पनि अवसरहरू गुम्ने खतरा छ,” उनले भने ।

बिज्ञापन

हालैका दिनमा इन्जिनियर, भूगर्भविद् र सरोकारवालाहरूले मुग्लिन–नारायणघाट सडकको ३१ किलोमिटर क्षेत्रमा रकशेड निर्माण गर्नुपर्ने माग सार्वजनिक रूपमा उठाइरहेका छन् । यस सम्बन्धमा प्रारम्भिक अध्ययन भइसकेको भए पनि सरकारको प्राथमिकता वडा स्तरका साना सडकतर्फ केन्द्रित हुँदा राजमार्ग र पुलहरूको दीर्घकालीन व्यवस्थापन कठिन बनेको पूर्व सचिव थापाको टिप्पणी छ ।

अर्थ मन्त्रालयले हालै कम महत्वका आयोजनामा कटौती गरेर रु १ खर्ब २० अर्बको व्यवस्था गर्ने घोषणा गरेको सन्दर्भमा थापाले ठूला तथा प्रतिफल दिने योजनामा ध्यान दिनुपर्ने सुझाव दिए । “सही योजनामा लगानी गर्न सकेमा यस्तो समस्याको समाधान सम्भव छ,” उनले भने ।

 मुग्लिन–नारायणघाट सडकमा रकशेड निर्माण गर्ने प्रस्ताव विगतदेखि अघि बढाइएका भए पनि बजेट र प्राथमिकतामा कमजोरीका कारण ढिलो भएको हो । अब सुरुंगसँगै रकशेड निर्माण भए नेपालमा यसलाई पहिलो प्राविधिक अभ्यासका रूपमा लिइनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नैतिक प्रशासन: समाज र राष्ट्रका लागि आवश्यक शक्ति

बाग्लुङ सिडिओ गुरुङ भ्रष्टाचार प्रकरणमा तानिए

तीन दिनभित्र रमाना दिए लिएका कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन

मालपोत सुध्रिन लाग्दा भित्रैबाट प्रतिरोध: मन्त्री इङनाम एक्ला, महानिर्देशक–अधिकृत अर्कै लाइनमा

विदेशी नागरिकको ‘डिजिटल ट्रयाकिङ’ सुरु

सरुवा वदरको रिट बोकेर दुई उपसचिव पुगे प्रशासकीय अदालत

सीजी होल्डिङ्ग्सको ११५ रोपनी जग्गा अख्तियारद्धारा रोक्का

करारका कर्मचारीलाई सातौं तहमा बढुवा,कहाँ चिप्लिए प्रमुख प्रशासकीय अधिकृत ?

बिशेष