मन्त्रिपरिषद् विस्तारमै संकट:- भारतीय नागरिक समेत स्वास्थ्य मन्त्री बनाउने चलखेल

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री बनेपछि मन्त्रिपरिषद् विस्तारका लागि तीव्र रस्साकस्सी चलेको छ । यसै रस्साकस्सीबीच नसोचिएका व्यक्तिहरू मन्त्री बन्ने चर्चा चलेको छ भने भारतीय नागरिकसमेत मन्त्रिपरिषद् प्रवेशको चर्चामा आउनुले विवाद थपिएको छ ।

बिज्ञापन

 

बिज्ञापन

स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि सिफारिस भएकी डा. संगीता मिश्राको नियुक्ति भने अहिले ‘होल्ड’ मा परेको छ । भारतमा जन्मिएकी र विवाहमार्फत अंगिकृत नेपाली नागरिक बनेकी मिश्राविरुद्ध भ्रष्टाचारसम्बन्धी गम्भीर आरोप लागेका कारण प्रधानमन्त्री कार्कीले उनको नाम फिर्ता लिने तयारी गरेको स्रोतले जनाएको छ ।

 

बिज्ञापन

प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपति समक्ष डा. मिश्राको नाम स्वास्थ्य मन्त्रीका रूपमा सिफारिस गरेकी थिइन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध छानबिन चलिरहेको जानकारी पाएपछि विवादित पात्रलाई मन्त्री बनाउन नमिल्ने निष्कर्षमा पुगेकी हुन् ।

 

डा. मिश्राले मन्त्री बन्ने अपेक्षामा आइतबार नै अतिरिक्त सचिवको पदबाट राजीनामा दिएकी थिइन् । तर, विवाद सतहमा आएपछि उनको मन्त्री बन्ने सम्भावना कमजोर बनेको छ । यसअघि स्वास्थ्य सचिवमा वरिष्ठता मिचिएको भन्दै असन्तुष्ट बनेकी उनले करिब ६ महिना लामो बिदा बसेकी थिइन् र सर्वोच्च अदालतमा रिट समेत दायर गरेकी थिइन् । गत बिहीबार मात्रै उनी मन्त्रालय फर्किएकी थिइन् ।

 

स्वास्थ्य सेवाकी १२औं तहकी उच्च अधिकारी रहेकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मिश्राले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख, कोशी अस्पताल र प्रसूति अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालिसकेकी छिन् ।

 

प्रधानमन्त्री कार्कीले शिक्षा मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चारमन्त्रीमा पत्रकार जगदीश खरेललाई पनि सिफारिस गरेकी थिइन् । तर, डा. मिश्राको सिफारिस विवादित बनेपछि हिजोको मन्त्रिपरिषद् विस्तार स्थगित भएको थियो ।

 

आज दिउँसो २ बजे मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ मन्त्रीहरूले शपथ ग्रहण गर्ने तयारी भएको छ ।

उता अदालतमा मुद्धा विचराधिन,यता मन्त्रीमा नाम सिफारिस

भ्रष्टाचार आरोप र अंगिकृत नागरिकताको विवादले डा. मिश्रा मन्त्री बन्ने सम्भावना टुट्यो

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष