भ्रष्टाचार आरोप र अंगिकृत नागरिकताको विवादले डा. मिश्रा मन्त्री बन्ने सम्भावना टुट्यो

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रीमा डा. संगीता मिश्रालाई सिफारिस गरे पनि उनको नियुक्ति ‘होल्ड’ मा परेको छ । भारतमा जन्मिएकी र विवाहमार्फत अंगिकृत नेपाली नागरिक बनेकी मिश्राविरुद्ध भ्रष्टाचारका आरोप रहेकाले प्रधानमन्त्रीले उनको नाम फिर्ता लिने तयारी गरेकी हुन् ।

बिज्ञापन

 

बिज्ञापन

प्रधानमन्त्री कार्कीले आइतबार नै डा. मिश्राको नाम स्वास्थ्य मन्त्रीका रूपमा राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध छानबिन चलिरहेको तथ्य खुलेपछि कार्कीले विवादित पात्रलाई मन्त्रिपरिषद्मा ल्याउन नमिल्ने ठहर गरेकी स्रोतले जनाएको छ ।

 

बिज्ञापन

डा. मिश्राले मन्त्री बन्ने अपेक्षामा आइतबार अतिरिक्त सचिवको पदबाट राजीनामा समेत दिएकी थिइन् । तर, विवाद सतहमा आएपछि उनको मन्त्री बन्ने सम्भावना कमजोर बनेको छ ।

 

यसअघि स्वास्थ्य सचिवमा वरिष्ठता मिचिएको भन्दै असन्तुष्ट रहेकी मिश्राले करिब ६ महिना लामो बिदा बसिन् र सर्वोच्च अदालतमा रिट समेत दायर गरेकी थिइन् । गत बिहीबार मात्र उनी मन्त्रालय फर्किएकी थिइन् ।

डा. मिश्राले विगतमा स्वास्थ्य सेवा विभागको महानिर्देशक, स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख, कोशी अस्पताल र स्त्री तथा प्रसूति रोग अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेकी थिइन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहेकी उनी स्वास्थ्य सेवाकी १२औं तहकी वरिष्ठ अधिकारी हुन् ।

 

प्रधानमन्त्री कार्कीले आइतबार नै शिक्षा मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चारमन्त्रीमा पत्रकार जगदीश खरेललाई सिफारिस गरेकी थिइन् । तर, डा. मिश्राको सिफारिस विवादित बनेपछि मन्त्रिपरिषद् विस्तार स्थगित भएको थियो ।

 

आज दिउँसो २ बजे मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ मन्त्रीहरूले शपथ ग्रहण गर्ने तयारी भएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष