अन्तरिम सरकार बनेपछि मन्त्रालय फर्किइन अतिरिक्त सचिव

काँग्रेस एमाले सरकारले अन्याय गरेको भन्दै झण्डै सात महिनादेखि विदा बसिरहेकी डा संगीता कौशल मिश्र अन्तरिम सरकार बनेसँगै मन्त्रालयमा हाजिर भएकी छिन् । उनी झण्डै सात महिना पछि हिजो मन्त्रालयमा हाजिर भएकी छन् ।

बिज्ञापन

गत फागुन २१ गते विकास देवकोटालाई सचिवमा बढुवा गरेसँगै पहिलो चरणमा ७ दिन,दोश्रो २,तेश्रो ४,चौथौं पटक ६ दिन,पाँचौं पटक १५ दिन विदा स्वीकृत गराएकोमा छैटौंमा ३० दिन र सातौं र आठौं पटक गरी ३८ र ३५ दिनको सञ्चित विदा स्वीकृत गराएकी उनको विदा १० साउनबाट सकिएको थियो । त्यस यताको ५३ दिनपछि उनी बिहिबारदेखि मन्त्रालयमा हाजिर भएकी हुन ।

बिज्ञापन

भारत झारखण्डस्थित जन्मेर हुर्केकी र प्रारम्भिकदेखि एमबिबिएससम्मको शिक्षा उतै हासिल गरेकी हुन । एमबीबीएसको अध्ययन पुरा गरेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरको रुपमा मे २०५७ सालबाट काम शुरु गरेकी संगीता यस पछि कान्ति बाल अस्पताल हुँदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सन् २००५ मा स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा आफ्नो स्नात्तकोत्तर तह (एमडी) को अध्ययन पुरा गरी नोवल मेडिकल कलेजमा लेक्चरर हुँदै एमपीएच पुरा गरेपछि कोशी अञ्चल अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा कार्यरत रहेकी उनी सोही समयमा ११ औं तहमा बढुवा भएकी थिइन ।

कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट,परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल हुँदै स्वास्थ्य मन्त्रालयमा सरुवा भएकी मिश्र ०७० असोज १० गतेबाट सेवा प्रवेश गरेर डकुमेन्ट ‘किर्ते’ गरेर बढुवा भएको आरोप उनका केही सहकर्मीहरुले लगाउँदै आएका छन् । यही कारण उनलाई ओली सरकारले बढुवाबाट बञ्चित गरेको एकाथरी स्वास्थ्यका अधिकारीको तर्क सुनिन्छ । जसरी ओली सरकारको समयमा अन्यायमा परेर हटाइएका कुलमान घिसिङ अन्तरिम सरकारका मन्त्री छन्,उसैगरी संगीतालाई स्वास्थ्य मन्त्री बनाउन लागिएको एकाथरी चर्चा गर्दैछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

बिशेष