लाइसेन्स छपाइ तथा वितरण अनिश्चितकालका लागि स्थगित

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण अनिश्चितकालका लागि बन्द गरेको छ । विभागले एक सूचना जारी गर्दै, हालको परिस्थितिमा सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने जानकारी दिएको हो ।

बिज्ञापन

विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने जानकारी गराएको छ ।

बिज्ञापन

यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरीरलुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध हुन पुगेको विभागले बताएको छ ।

विभागका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण विभागको संरचनामा गम्भीर क्षति पुगेको छ । विशेष गरी इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भर नष्ट हुँदा सवारीचालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्ता (EDLVRS) सम्बन्धी सेवा पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ ।

बिज्ञापन

‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्तासम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने बेहोरा जानकारीका लागि अनुरोध छ,’ विभागको सूचनामा भनिएको छ ।
‘विभागको सूचना प्रविधि प्रणाली पुनःसञ्चालनमा ल्याउन समय लाग्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र छपाइ, वितरण तथा सम्बन्धित अन्य सेवा बन्द रहनेछ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनको मन्त्रिपरिषद् निर्णयको स्वागत, संघर्षमा साथ दिने सबैप्रति आभार

प्रशासन सेवाका ४२,इन्जिनियरिङका १४ सहित यी ८७ सहसचिव जाँदैछन् घर

घान्द्रुकले सिकाएको मौनताको दर्शन(नियात्रा)

सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा

विदेशी विनिमय अवचलनको अनुसन्धानदेखि उपचार विवादसम्म मुछिएका डा. जितेन्द्र परियारलाई सिभिल अस्पतालको नेतृत्व दिलाउन शक्तिकेन्द्रको दौडधुप ?

सेनाको ‘व्याकअप’ तयार गर्दै सरकार, विद्यार्थीलाई सैन्य तालिम,नियुक्तिमा सेनाका पूर्व अधिकारी

प्रदेशका १२ कर्मचारी बढुवा सिफारिस

पाँच मन्त्री हटाइँदै

बिशेष