गाउँपालिकामा आफ्नै कर्मचारीले लगाए आगो

आफ्नै कार्यस्थलमा कार्यरत एक कर्मचारीले कार्यालयमै आगजनी गरेपछि झिमरुक गाउँपालिका तनावग्रस्त बनेको छ।

बिज्ञापन

गाउँपालिकामा रोजगार संयोजकका रूपमा करारमा कार्यरत सुदर्शक जिसीले शुक्रबार राति गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको कार्यकक्षमा आगो लगाएका हुन्। साथै उपाध्यक्ष प्रमोद पोखरेलको कार्यकक्षमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

गाउँपालिका भवन नजिकै कोठा भाडामा लिएर बस्दै आएका जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्यालका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ।
“गाउँपालिकाले आधिकारिक रूपमा किटानी जाहेरी दिने तयारी गरेको छ,” बस्यालले भने, “निर्णय अनुसार कानुन बमोजिम कारबाही अघि बढाइनेछ।”

अचानक भएको आगजनीले कर्मचारीहरू त्रसित बनेको प्रमुख प्रशासकीय अधिकृत शाकुन्तला अर्यालले बताइन्। उनका अनुसार कार्यालयको वातावरण नै असुरक्षित बनेपछि कर्मचारीहरूमा आक्रोश र भय दुवै देखिएको छ।

बिज्ञापन

गाउँपालिका कार्यपालिकाको बैठक आइतबार बिहान ७:३० बजे बस्दैछ। बैठकले आगो लगाउने कर्मचारीमाथिको कारबाहीबारे निर्णय गर्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।  कार्यालयकै कर्मचारीबाट आगजनी हुने यस्तो घटना दुर्लभ मानिँदै छ, जसले स्थानीय प्रशासन र गाउँपालिकालाई थप चुनौतीपूर्ण स्थिति सृजना गरिदिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गाउँपालिकामा आफ्नै कर्मचारीले लगाए आगो

भ्रष्टाचारको खेल! १ करोड ३७ लाखको आयोजना, पानी अझै सपना

संघीय निजामतीसहितका ३० विद्येयक निस्क्रिय

भोलि मन्त्रिपरिषद्‌ विस्तार,भोटिङ प्रक्रियाबाटै छनोट गरिँदै मन्त्रीहरु

प्रधानमन्त्री कार्कीले भोलिमात्र पदभार ग्रहण गर्ने

सडकबाट हट्यो सेना,निषेधाज्ञाबारे छलफलमा जुटे सिडियो

शिक्षा मन्त्रालयलाई केशरमहल सार्ने तयारी,गृह सर्ने भयो पूरानो सामान्य प्रशासनको भवनमा

संसद विघटन असंवैधानिक छ स् नेपाल बार  

बिशेष