गाउँपालिकामा आफ्नै कर्मचारीले लगाए आगो

आफ्नै कार्यस्थलमा कार्यरत एक कर्मचारीले कार्यालयमै आगजनी गरेपछि झिमरुक गाउँपालिका तनावग्रस्त बनेको छ।

बिज्ञापन

गाउँपालिकामा रोजगार संयोजकका रूपमा करारमा कार्यरत सुदर्शक जिसीले शुक्रबार राति गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको कार्यकक्षमा आगो लगाएका हुन्। साथै उपाध्यक्ष प्रमोद पोखरेलको कार्यकक्षमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

गाउँपालिका भवन नजिकै कोठा भाडामा लिएर बस्दै आएका जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्यालका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ।
“गाउँपालिकाले आधिकारिक रूपमा किटानी जाहेरी दिने तयारी गरेको छ,” बस्यालले भने, “निर्णय अनुसार कानुन बमोजिम कारबाही अघि बढाइनेछ।”

अचानक भएको आगजनीले कर्मचारीहरू त्रसित बनेको प्रमुख प्रशासकीय अधिकृत शाकुन्तला अर्यालले बताइन्। उनका अनुसार कार्यालयको वातावरण नै असुरक्षित बनेपछि कर्मचारीहरूमा आक्रोश र भय दुवै देखिएको छ।

बिज्ञापन

गाउँपालिका कार्यपालिकाको बैठक आइतबार बिहान ७:३० बजे बस्दैछ। बैठकले आगो लगाउने कर्मचारीमाथिको कारबाहीबारे निर्णय गर्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।  कार्यालयकै कर्मचारीबाट आगजनी हुने यस्तो घटना दुर्लभ मानिँदै छ, जसले स्थानीय प्रशासन र गाउँपालिकालाई थप चुनौतीपूर्ण स्थिति सृजना गरिदिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३० हजारको सम्पत्ति खोज्ने जिम्मेवारी ३८ कर्मचारीलाई, कमाण्डर तोकिए डाँगी

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

बिशेष