सूचना विभागको महानिर्देशकमा राना

सूचना विभागमा महानिर्देशकमा उदयबहादुर राना नियुक्त भएका छन् ।

बिज्ञापन

यस अघिका महानिर्देशक प्रदीप परियारविरुद्ध गत जेठ २८ मा अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेसँगै विभाग निमित्त डिजीको भरमा चल्दै आएको थियो । विभागले झण्डै तीन महिना पछि महानिर्देशक पाएको हो ।
नुवाकोट स्थायी ठेगना भएका राना यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए । उनलाई राजश्व अनुसन्धान विभागको महानिर्देशक बनाउने तयारी थियो तर त्यहाँ तिर्थराज चिलुवालले बाजी मारे ।

बिज्ञापन

यस्तै प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरणबाट सुमन दाहाल अर्थ मन्त्रालयमा पुगेसँगै रानालाई सम्पत्ति शुद्धीकरणमा खटाइने आँकलन गरिएको थियो तर त्यहाँ कृष्ण प्रसाद मैनालीलाई पठाइएको छ ।

मैनाली यसअघि बागमती प्रदेशको आर्थिक मन्त्रालयको सचिव थिए। उनले बिहीबारदेखि विभागमा कार्यभार सम्हालिसकेका छन् ।
रानालाई अस्ति भएको सरुवामा सञ्चार मन्त्रालयमा खटाइएको थियो । यस अघि झापाका प्रमुख जिल्ला अधिकारी हुँदै हङकङको महावाणिज्यदूत नियुक्ति भएका रानाले यसअघि गुल्मी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही र काभ्रेको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लालपुर्जा वितरणमा मालपोत होइन, सीडीओलाई अन्तिम अधिकार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

करार कर्मचारीलाई मात्रै डेढ करोड

बिशेष