हलमा उफ्रिँदै नाराबाजी, झन्डै भएन हानाहान

शनिबार बिहान हरिहर भवनको कृषि विभाग हलमा हलचल अलि बढी नै थियो। बागमती प्रदेशको पहिलो अधिवेशन सुरु हुन लाग्दा सदस्यहरूको उत्साह भन्दा पनि तनाव देखिन्थ्यो। हलको कुर्सी भरिएका सदस्यहरू एकअर्कासँग सट्टा मत मिलाउने, हल्ला गर्ने र कतै कतै चुपचाप तनावित अनुहार लिएर बसिरहेका थिए।

बिज्ञापन

अधिवेशन सुरु भयो, र नेतृत्व चयनको बहसले हललाई ततायो। अध्यक्ष अम्बादत्त भट्टको समूहले शेरबहादुर कार्कीलाई अध्यक्ष बनाउने योजना बनाएको थियो। भट्टलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समर्थन रहेको छ  तर महिला उपाध्यक्ष यशोदा आचार्यको टिमले त्यसको विरोध गर्दै हरि ओलीको पक्षमा उभिएको थियो। महिला उपाध्यक्ष आचार्यलाई पम्फा भुसालको समर्थन रहेको छ।

बिज्ञापन

लोकेन्द्र चौलागाईं उपाध्यक्ष, राजेन्द्र राना सचिव, बिनोद चौधरी सचिव लगायत सदस्यहरूले शेरबहादुर कार्कीको समर्थनमा हलमा आफ्नो उपस्थिति दावी गरे। अर्कोतर्फ महिला उपाध्यक्ष यशोदा आचार्यले बोकेका हरि ओलीलाई समर्थन गर्ने थिए डिलाराम खनाल महासचिव हरिलाल बिक सचिव लगायत केही सदस्यहरूको टिममा सामेल भएर विरोधको स्वर उच्च पारे। हलमा संवाद र गुनासोले जिवन्तता थप्दै गयो।

अन्ततः मत गणनापछि अम्बादत्त समूहले शेरबहादुर कार्कीलाई अध्यक्ष घोषणा गर्‍यो। यसबेलाको दृश्य थियो– नाराबाजी, कराउज, केहीले उफ्रिँदै विरोध जनाइरहेका थिए। महिला उपाध्यक्ष यशोदा आचार्य चार हात उफ्रिँदै शेरबहादुर कार्कीबाट कति खाइस् भन्दै कराउन थालिन् ।शेरबहादुर कार्की मालापोत कार्यालय कलंकीमा कार्यरत छन् । यशोदा आचार्यले स्वर उच्च पार्दै प्रश्न गरिन्, “कति समयसम्म यसरी काम चल्ने? हाम्रो विचारलाई किन नजरअन्दाज गरियो?” उनको स्वर हलभर गुन्जियो।

बिज्ञापन

सदस्यहरूको प्रतिक्रिया मिश्रित थियो। वरिष्ठ उपाध्यक्ष उमेश यादब लाई पहिलेदेखि नै अवसरवादी भनिँदै आइरहेका थिए उनको त्यहाँ त्यस्तै भूमिका देखियो। उनी न अध्यक्ष भट्टतिर खुले न त महिला उपाध्यक्ष आचार्यतिर नै खुले । हलको अगाडिबाट इन्चार्ज माननीय रेखा शर्माले टुलो टुलो नजरले दृश्य हेरिरहे। कतिपय अतिथिहरू स्तब्ध हुँदै यो दृश्यलाई अवलोकन गर्दै थिए।

नेपाल राष्ट्रिय कर्मचारी संगठन एक समय सशक्त र उदाहरणीय संगठन थियो। तर आज, व्यक्तिगत हित र सीमित भूगोलमा केन्द्रित नेतृत्व, संगठनभित्रको असमान प्रतिनिधित्व, र कर्मचारी असन्तुष्टिका कारण संगठन कमजोर र विवादग्रस्त बनेको छ।

भाद्र २२ गते हजारौं कर्मचारीहरूले संगठन छोडेर एमाले निकट निजामती कर्मचारी संगठनमा प्रवेश गरेका थिए। राज बहादुर पछाइ उनी राष्ट्रिय निजामती कर्मचारी संगठनका सचिव थिए सचिव हाल एमाले निकट नेपाल निजामती कर्मचारी संगठन का सचिव छन् त्यस्तै कमल खत्री अनुशासन आयोग सदस्य, नरदेव लम्साल साधारण तर सचिवालय सदस्य, हरि ब विष्ट पुर्व केन्दिय सदस्य हाल सचिवालय सदस्य, दिनेश लम्साल बागमति प्रदेश प्रदेश उपाध्यक्ष हाल सचिवालयल सदस्य, लेखराज बस्नेत पुर्व केन्द्रिय सदस्य हाल केन्द्रिय सदस्य, चुडामणि पराजुलि पुर्व विभागिय अध्यक्ष हाल केन्द्रिय सदस्य, केशव रोकाय हाल केन्द्रिय सदस्य, केसर चपाइ पुर्व जिल्ला अध्यक्ष हाल प्रदेश उपाध्यक्ष छन लगायतले अघिल्लो भाद्र २२ गते हजारौं कर्मचारीहरूले राष्ट्रिय निजामती कर्मचारी संगठन छोडेर एमाले निकट निजामती कर्मचारी संगठनमा प्रवेश गरे। त्यस्तै अहिले राष्ट्रिय निजामती कर्मचारी संगठनमा उत्तिकै हावी छिन् महिला उपाध्यक्ष यशोदा आचार्य ।

हाँस्यपद कुरा के छ भने उनी करार सेवाकी हुन्। उनी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा करार सेवामा कार्यरत छिन्। कुन दिन जागिर जान्छ उनको पति हुँदैन त्यही पनि संगठन नै उनको पेवा जतिकै तरिकाले चलाइरहेको अम्बादत्त समूहका एक कर्मचारीले बताए । लगायतका सदस्यहरू नयाँ संगठनमा गए।

अधिवेशन सकिएपछि हल बाहिर सदस्यहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्दै संगठनको भविष्यप्रति चिन्ता व्यक्त गरे। एक सदस्यले भने, “यदि नेतृत्वले कर्मचारीको विश्वास र सन्तुलन कायम राखेन भने संगठन फेरि कहिल्यै सशक्त हुन सक्दैन।”

यसरी नेपाल राष्ट्रिय कर्मचारी संगठन वर्तमानमा नेतृत्व विवाद, व्यक्तिगत हित केन्द्रित गतिविधि र आन्तरिक द्वन्द्वको सिकार बनेको छ। हलभित्रको दृश्य, नाराबाजी र उफ्रिँदै विरोधले संगठनको भित्री अवस्था स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

१४ सहसचिव र उपसचिवको सरुवा

बिशेष