गृहमन्त्रीका भतिज नापी प्रमुख अख्तियारको टार्गेटमा

नापी कार्यालय काठमाडौं कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेपछि सो कार्यालयका प्रमुख नापी अधिकृत केशवराज लेखक पनि अख्तियारको टार्गेटमा परेका छन्।

बिज्ञापन

आयोगका अनुसार काठमाडौं महानगरपालिका–१३, चन्द्रागिरीस्थित जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा टोली खटाइएको थियो।

बिज्ञापन

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पक्राउ परेका कुँवरको साथबाट घुसस्वरूप लिइएको १३ हजार रुपैयाँ र मोबाइल बरामद भएको छ। साथै, प्रमुख लेखकको मोबाइल फोन दुई थान र सर्भेक्षकको मोबाइल एक थान पनि बरामद गरिएको छ।

कार्यालय प्रमुखकै मोबाइल बरामद भएपछि यो प्रकरण पेचिलो बनेको छ। अख्तियार स्रोतका अनुसार, कुँवर पक्राउ परेसँगै प्रमुख लेखकलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारी भइरहेको छ।

बिज्ञापन

उल्लेखनीय छ, प्रमुख लेखक गृहमन्त्री रमेश लेखकका आफ्नै भतिज हुन्। यो पृष्ठभूमिमा प्रकरण राजनीतिक रूपमा समेत संवेदनशील बनेको छ र अख्तियारको निगरानी अब प्रत्यक्ष रूपमा नापी प्रमुखमाथि केन्द्रित हुने देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

कोरला नाकामा थपियो उपसचिवको दरबन्दी,सिण्डिकेटवाला व्यवसायीको रुवावासी

अर्थमन्त्रीका विवादित निर्णय रोक्दै घर जान लागेका मुख्य सचिव

नेपाल ट्रष्टका पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ

बिशेष