खरिदारको काँधमा कारागारको जिम्मेवारी,एकको मृत्यु,४७ घाइते

कैलाली कारागार प्रशासनको लापरवाहीको कारण एक कैदीबन्दीको ज्यान गएको छ भने ४८ जना घाइते भएका छन् । घटनामा थप ४७ जना घाइते भएका थिए । घाइते मध्य गोदाबरीका आयुस भट्टलाई उपचारका लागि शनिबार नै काठमाडौं पठाइएको थियो। अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ती मध्ये रबि चौधरीको अवस्था गम्भीर छ। शनिबार दिनभरिजसो कैदीबन्दीहरुले आफै कारागार भित्र ताला लगाएर बसेका थिए। यो घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकतत्वमा ५ सदस्य समिति गठन भइसकेको छ।

बिज्ञापन

१५० क्षमताको कैलाली जिल्ला कारागारमा ५८ महिलासहित ६९५ कैदीबन्दी छन् । त्यहाँ यस अघि पनि कारागारभित्र कुटाकुट हुँदा एक जनाको ज्यान गएको थियो । गत असार २ गते बैंकिङ कसुरमा दोषी ठहर भएर कैलाली कारागारमा सजाय भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ का २८ वर्षीय हरिसिंह पालीको मृत्यु भएको थियो ।
पछिल्लो समय कारागारभित्रै झडपको वातावरण बन्दै गएको भन्दै ५९० कैदीबन्दीले संयुक्त हस्ताक्षरसहित १४ साउनमै राष्ट्रिय मानव अधिकार आयोगलाई निवेदन गरेका थिए । त्यसपछि १९ साउनमा आयोगले कारागार प्रशासनलाई पत्र पठाएर कारागारभित्रको समस्याको समाधान खोज्न भनेको थियो । मानव अधिकार आयोगले जसको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, कैलाली जिल्ला प्रशासन कार्यालय, कैलाली जिल्ला प्रहरी कार्यालयलगायतलाई पनि गरेको थियो ।

बिज्ञापन

तर राज्यले गम्भीर रुपमा नलिँदा हिजो राति भएको झडपमा धनगढी उपमहानगरपालिका– ४ का भरत चौधरीको मृत्यु भएको हो । यस्तो स्थितिमा कारागार प्रमुख वसन्त खत्री बिरामी बिदामा बसेका थिए । उनी ३१ असारदेखि बिदामा थिए । कारागारका कैदीबन्दीले जेलर खत्रीविरुद्ध नाराबाजी गरेपछि उनी स्वास्थ्य समस्याको कारण देखाउँदै बिदामा गएका थिए । र उनको ठाउँमा नायब सुब्बा ज्ञानेन्द्र ओझालाई निमित्तको जिम्मेवारी दिइएको थियो, उनी पनि बिदा बसेपछि खरिदार रामकुमार चौधरीले जेल चलाउँदै आएका थिए । सोही समयमा अप्रिय घटना घटेको हो ।

घटनापछि कारागार प्रमुख फेरिएका छन् । कारागार व्यवस्थापन विभागले वसन्त खत्रीको ठाउँमा नौबस्ता कारागार बाँकेका प्रमुख जलान्धर भुसाललाई पठाएको छ । बाँकेको नौबस्ता कारागारमा रहेका जेलर जालन्धर भुसाललाई कैलाली कारागारको जेलरको जिम्मेवारी दिइएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष