तीन साता पछि अनिवार्य अवकाशमा जान लागेका सहसचिव तथा वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीलाई मन्त्रालय तान्नुको पछाडिको कारण के होला ?
मन्त्रीको ‘फेस सेभिङ’का लागि मात्र उनलाई फिर्ता बोलाइएको हो वा कारण अरु होलान ? सात महिना अगाडि त्यहाँको महानिर्देशक बनाएर पठाइएको थियो खत्रीलाई । सो कार्यालयबाट दैनिक ७० लाखसम्म घुस असुली हुने गरेको बिषय बाहिरिएको महिनौं पछि खत्रीको ‘कोर टिम ‘नै सरुवामा परेका छन् र त्यहाँ जीवलाल भुसाललाई पठाइएको छ। कारवाहीको डण्डा बर्साउनु पर्ने खत्रीलाई मन्त्रीकै संरक्षणमा मन्त्रालय तानिएको कर्मचारीहरु बताउँछन् । यति गम्भीर आरोप लाग्दा न त स्पष्टीकरण,न छानबिन । उनलाई मन्त्रालयमा तानेर क्लिन चिट दिन खोजिएको छ । तर उनी अझै मन्त्रालयमा आउने मनसायमा छैनन् ।
बिज्ञापन
उता सोही कार्यालयमा कार्यरत रहेका एक जना शाखा अधिकृतको गतिविधिकै कारण उनको बिषयमा समेत गुनासो थियो,म्यानपावर व्यवसायीहरुको । शाखा अधिकृतले म्यानपावर व्यवसायीहरुले आतंकित पारेको गुनासो मन्त्रालयमै गरेका थिए । तर उनलाई भने विभागबाट चलाइएको छैन । यसरी म्यानपावर व्यवसायीसँग खुलेआम बार्गेनिङ गर्ने गरेको आरोप खेपिरहेका शाखा अधिकृत हुन राजकिशोर साह । मधेसी कोटाबाट ७९ सालमा मात्र शाखा अधिकृतमा नाम निकालेका साह अहिले वैदेशिक रोजगार विभागका हर्ताकर्ता हुन । उनै साहले सोही कार्यालयमा बसेर म्यानपावर व्यवसायीहरु हतु खेलाउने गरेको पीडित व्यवसायीहरुको गुनासो छ । उनको बिषयमा मन्त्रालयदेखि वैरोसम्म व्यवसायीहरुले गुनासो गरेका भए पनि मन्त्री र उनकै सचिवालयकै संरक्षण पाएका कारण उनलाई चलाइएन ।
बिज्ञापन
बर्ष दिन अगाडि वैदेशिक रोजगार विभागमा कार्यरत छन् साह । वैदेशिक रोजगार व्यवसायीहरुको निर्वाचन हुँदैछ यहि चैत २९ गते । सोही निर्वाचनको मुखमा व्यवसायीहरुसँग पाँच लाखका दरले मोलमोलाई गरिएको बिषयले अहिले व्यवसायीहरु बीच चर्चा पाउने गरेको छ । विवादै विवादको भूमरीमा परेका महानिर्देशक खत्रीले आफ्नो सरुवा हुने सूचना पाए लगत्तै अनुगमन शाखामा कार्यरत अधिकृत राज किशोर साहलाई परिचालन गरि ठूला म्यानपावर बाट प्रती म्यानपावर कम्तीमा ५ लाखका दरले रकम उठाएको बिषय अहिले वैदेशिक रोजगार व्यवसायीहरुबीच चर्चाको बिषय बनिरहेको छ । मुलुकभर ८ सय ५४ वटा म्यानपावर सञ्चालनमा छन् ती मध्ये ठूला २०६ वटा रहेका छन् । जसले बार्षिक ५ सय भन्दा बढी श्रमिकहरुले वैदेशिक रोजगारीमा पठाउँदै आएका छन् । तीनै म्यानपावरबाट पाँच लाखका दरले असुली गर्न खोजिएको बिषय म्यानपावर व्यवसायीहरुले गुनासो पोखेका छन। शाखा अधिकृत साहले मन्त्रीको सचिवालय र महानिर्देशकको आडमा व्यवसायीहरुलाइ धम्कीपुर्ण शैलीमा फोन गर्दै पैसा माग्दै आएको पीडित व्यवसायीहरुले बताएका छन् ।
बार्षिक ५ सय भन्दा बढी बैदेशिक रोजगारीमा पठाउँदै आएका म्यानपावरसँग ५ लाखका दरले रकम मागिएको व्यवसायीहरु बताउँछन् । यसरी २०६ वटा म्यानपावरबाट मात्र १० करोड बढी रकम असुल्ने योजना अगाडि बढाइएको थियो । केही सँग असुल समेत गरिएको थियो । बैदेशिक रोजगारको अनलाइन सिस्टम (फेमिज) हेर्ने र ५ सय बढी श्रमिक पठाउने म्यानपावरसँग पाँच लाखका दरले रकम मागिएको पीडित व्यवसायीहरुको गुनासो छ ।
बिज्ञापन
यो बिषयमा कर्मचारी प्रेसले शाखा अधिकृत साहसँग जिज्ञासा राख्दा यी सबै आरोप निराधार भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।
कर्मचारी प्रेस समाचार प्रभाव : वैरोको डिजी तानिए मन्त्रालय,भुसाललाई महानिर्देशकको जिम्मेवारी
अवकाशको मुखमा रहेका डिजी असुलीमा विजी : मन्त्रालयले गर्यो सेटै परिवर्तन