मामुली एउटा खरिदारको पावर कतिसम्म भने सरकारले पटक पटक सरुवा गर्दछ तर सरुवा उल्टाएर अर्थात बदर गराएर उनी सोही कार्यालय फर्कन्छन्,एक पटक दुई पटक मात्र होइन,पटक पटक ।
बिज्ञापन
लामो समयदेखि भक्तपुर मालपोतमा जरा गाढेर बसेका खरिदार हुन दिपक कोइराला । उनी पाँच बर्षदेखि भक्तपुर मालपोतको मालदार शाखामा कार्यरत छन् । यो बीचमा उनको पटक पटक सरुवा भएको छ तर सो सरुवा बदर गराउनका लागि मन्त्री,सांसददेखि कर्मचारी युनियनका नेताहरुसम्म प्रयोग गरेर उनी त्यही फर्कदै आएका छन् । पछिल्लो समय उनकै शैलीका कारण कार्यालय प्रमुखसमेत रुष्ट छन् ।
बिज्ञापन
अघिल्लो बर्ष नै ती खरिदारका सेटिङ धन्दा विरुद्ध सामान्य प्रशासनदेखि भूमि व्यवस्थासम्म गुनासो बढेपछि उनलाई त्यहाँबाट तानिएको थियो गृह मन्त्रालय वा अन्र्तगत । तर खरदार सा’बको पावर यति कडा कि थेग्न सकस । कर्मचारी संकेत नम्बर १७६४१० रहेका दिपक कोइरालाले आफ्नो सरुवाको बिषयमा सिंहदरबारस्थित सामान्य,गृह,भूमिसुधारका हाकिमहरुलाई हत्तु खेलाएर सेटिङ मिलाएर पुन पूरानै ठाउँमा फर्कन सफल भए ।
कर्मचारी प्रेसलाई भूमि व्यवस्था तथा अभिलेख विभागबाट प्राप्त कागजात अनुसार गत बर्ष मंसिर ५ गते उनको सरुवा भएको थियो मालपोत कार्यालय भक्तपुरबाट गृह मन्त्रालयमातहतमा । तर,उक्त सरुवाको मसि नसक्दै उनको सरुवा उल्टियो । १३ दिनमै उनको सरुवा उल्टियो । गृहबाट भूमि व्यवस्था तथा अभिलेख विभागमा पदस्थापन गराए,मंसिर १८ गते । त्यहाँबाट सेटिङ मिलाएर पुन भक्तपुर मालपोतमै फर्कन सफल भए । यसरी भूमि व्यवस्था मन्त्रालय,विभागसम्मै सेटिङ मिलाएर उनी सोही कार्यालयमा फर्कन सफल भए ।
बिज्ञापन
गत दशैंको मुखमा भूमि व्यवस्था अभिलेख विभागले खटिएका कर्मचारीहरुलाई फिर्ता हुन परिपत्र गर्यो । उक्त पत्र सबै कार्यालयमा पुगेपछि काजमा खटिएका कर्मचारीहरूको मनमा ढ्याङ्ग्रो बज्ने नै भयो मालपोतका शक्तिशाली खरिदार झनै त्रसित भए । विभागका शाखा अधिकृत तेजनाथ पोखरेल हस्ताक्षरित पत्रमा तीन दिनभित्र दरबन्दी रहेकै कार्यालयमा फिर्ता हुन परिपत्र गरिएको थियो । विभागमा दरबन्दी रहेका कोइराला काजमा भक्तपुर मालपोतमा खटिएका थिए । निजामती ऐन अनुसार कुनै पनि कर्मचारीलाई तीन महिना भन्दा बढी काजमा कर्मचारी राख्न मिल्दैन ।
यसरी दरबन्दी भएकै कार्यालयमा काज फिर्ता हुन परिपत्रपछि उक्त सरुवा रोक्नको लागि उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापा लाई प्रयोग गरे । भक्तपुर मालपोत कार्यालय स्रोतका अनुसार,ती माननीयले भक्तपुर कार्यालयका कार्यालय प्रमुख कुमार आचार्यलाई फोन घुमाएका थिए तर काँग्रेसका शक्तिशाली नेताको निर्देशन पनि टेरेनन्,कार्यालय प्रमुखले ।
काज फिर्ता रोकेर थमौती दिन निर्देशन दिँदा उल्टै रमानाको पत्र तयार पारिदिए पछि कार्यालय प्रमुखसँग कोइरालाको ‘तँ -तँ र म- म’ को शैलीमा भनाभनै परेको त्यहाँका कर्मचारीहरु बताउँछन् । त्यही कार्यालयमा टिक्नका लागि तत्कालीन विभागका महानिर्देशकको कार्यकक्षामा दैनिक रूपमा ढुक्न थाले । महँगो ब्रान्डको ब्लु लेभल रक्सी र ७ लाख बुझाएपछि असोज १४ गते सोही कार्यालयमा फर्कन सफल भएको आफू निकटस्थसँग भन्दै हिडेका छन्,कोइराला ।
उनै कोइरालाको कार्यशैलीबाट अहिले कार्यालय प्रमुख आचार्य समेत आजित बनेको कर्मचारीमाझ गुनासो गर्न थालेका छन् । पछिल्लो समय साँझ लेखापढी व्यवसायीहरूसँग पैसा मागेर हैरान बनाउने गरेको लेखापढी व्यवसायीहरु बताउँछन् । उनै कोइरालाको कार्यशैलीका कारण कुन दिन अख्तियारले डाम्ने हो भन्नेमा त्राहीमाम छन् त्यहाँका कर्मचारी ।