अर्थ सचिवले बोल्न खोज्दा सांसदको आपत्ति, समिति बैठकमा सभापतिसँग चर्काचर्की

अर्थ समितिको बैठकमा समितिका सभापति र समितिका सदस्य सांसदहरुबीच चर्काचर्की परेको छ । संसदको अर्थ समितिले आज बिहान ११ बजेका लागि बैठक डाकेको थियो ।
सो समितिमा सभापति बाहेक २२ सदस्य रहेका छन् । जहाँ अन्जनी श्रेष्ठ,अम्मर बहादुर रायमाझी,उपेन्द्र यादवका अलवा गंगा कार्की,छिरिङ डम्डुल लामा (भोटे),जुली कुमारी महासेठ, दीपक बोहरा,नारायण प्रसाद आचार्य सदस्य रहेका छन् । यस्तै सोही समितिका सदस्य हुन नारायणी शर्मा,पदम गिरी,डा प्रकाश शरण महत,बर्षमान पुन,भगवती चौधरी, मुक्ता कुमारी यादव,मेटमणि चौधरी,रण कुमारी बलम्पाकी मगर,डलरे अर्वपति विनोद कुमार चौधरी पनि सोही समितिका सदस्य हुन । यस्तै, विराज भक्त श्रेष्ठ,स्वर्णिम वाग्ले,सूर्य बहादुर थापा क्षेत्री,ज्ञान बहादुर शाही र ज्ञानेन्द्र बहादुर कार्की उक्त समितिको सभापति छन् ।

बिज्ञापन

आजको बैठकमा सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफलको एजेण्डा तय भएको थियो । सोही अनुसार विहान ११ बजे डाकिएको बैठक कोरम नपुग्दा स्थगित भएको छ । समितिको बैठक बस्नका लागि गणपुरक संख्या पुग्न आवश्यक छ । २३ सदस्यीय अर्थ समितिको बैठक बस्नका लागि ५१ प्रतिशत सदस्य अर्थात १२ जना उपस्थिति हुनुपर्ने व्यवस्था छ । ५१ प्रतिशत सदस्य उपस्थित भएमा अर्थात  १२ जना उपस्थित भए बहुमत पुग्ने थियो तर १ जना नपुग्दा बैठक स्थगित गर्नु परेको छ ।

बिज्ञापन

समितिका सभापति सन्तोष चालिसेले गणपुरक संख्या नपुगी बैठक अगाडि बढाउँदा सदस्यसँग चर्काचर्की भएको हो ।

सूर्यबहादुर थापा, पदम गिरी, रण कुमारी बलम्पाकी मगर, अञ्जली श्रेष्ठ,नारायणी शर्मा, गंगा कार्की, छिरिङ डम्डुल लामा र रास्वपाका विराजभक्त श्रेष्ठ गरी ९ जना उपस्थित थिए । एक जना समिति सदस्य हाजिर गरेर टाप ठोकेपछि जम्मा १० सदस्यमात्र भए । त्यतिमै सभापतिले बैठक अगाडि बढाउँदा चर्काचर्की परेको हो ।

बिज्ञापन

आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेल पनि गयल भएका छन् ।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम १८२ को उपनियम १ मा गणपूरक संख्या नपुगेमा बैठकको कार्य स्थगित गर्नुपर्ने प्रावधान छ तर सभापतिले पेलेर जान खोजेपछि सांसद गंगा कार्कीले कोरम नपुगी बैठक बसेको प्रति विरोध जनाउन परेको थियो । बैठक शुरू गरेलगत्तै सभापति चालिसेले अर्थ सचिवलाई विधेयकमाथि प्रकाश पार्नका लागि समय दिए । अर्थ सचिव बोल्न शुरू नगर्दै माओवादी सांसद गंगा कार्कीले कोरम नपुग्दै कसरी बैठक शुरु गरेपछि चर्काचर्की परेको हो ।

यही चर्काचर्की पछि बैठक भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अष्ट्रेलियामा सेकुवा बेच्दै आएका उपसचिव बल्ल निलम्बित

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

स्थानीय तहको भ्रष्टाचार र ढिलासुस्तीको उजुरी अब मुख्यसचिवले हेर्ने

दरबन्दी कटौती भएर फाजिलमा पर्ने हजारौं कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइने

मुख्य सचिवको अध्यक्षतामा बसेको पहिलो बैठकका निर्णय विवादमा

एक्सट्रिम इनर्जी: मधुमेह र मुटुरोगको जोखिम बढ्ने चिकित्सकको चेतावनी, बजारमा खुलेआम बेचिँदै ‘विष’

पूर्व–पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारीः रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न

सरकारको ठूलो निर्णय: चालु आर्थिक वर्षभर नयाँ कर्मचारी भर्ना रोक, लोकसेवाको विज्ञापन नखुल्ने

बिशेष