अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको जित पक्का,सिनेट रिपब्लिकनको कब्जामा

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपतिमा विजयी हुने लगभग पक्का भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्न लागेका हुन । निर्वाचनमा होमिएकामध्ये ह्यारिस डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति हुन भने रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा उत्रिएका थिए ।

बिज्ञापन

सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो अन्तरले अगाडि छन् ।

बिज्ञापन

ट्रम्पसँग हाल २६६ इलेक्टोरल भोटहरू छन् र ह्यारिससँग १८८ मात्रै । अब ट्रम्पले राष्ट्रपति पद जित्न थप चार इलेक्टोरल भोट मात्र जित्नुपर्छ। यस अघि उनी सन २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । सन् २०२० को निर्वाचनमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । तर उनी डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।

त्यहाँ कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता भएका छन् । इलेक्ट्रोल कलेजको ५३८ मध्ये २७० भोट ल्याउनेले निर्वाचनमा विजय हासिल गर्न सक्नेछन् ।

बिज्ञापन

अमेरिकाको ४७‍औं राष्ट्रपतिमा ट्रम्प निर्वाचित हुने पक्कापक्की भइसकेको छ । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ ।ट्रम्पसँग हाल २६६ इलेक्टोरल भोट ल्याइसकेका छन् । उनलाई राष्ट्रपतिमा निर्वाचित हुनका लागि थप ४ भोटको आवश्यक पर्नेछ ।  अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।

यता रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार तथा भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । उनले फ्लोरिडामा गरेको सम्बोधनमा श्रीमती मेलानिया ट्रम्पलाई प्रथम महिला फर्स्ट लेडीको उपाधि दिएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रौतहटका सिडियो हिजो पदभार,आजै विवाद

सिके राउतबाट कारवाहीमा परेका साह बने उद्योग मन्त्री

दुई सचिवको सरुवा,दुईको प्रदेशमा पदस्थापन,पूर्व सचिवलाई सेवा आयोगको अध्यक्ष

‘रसुवालाई सामान्य राहतले पुग्दैन’ : सांसद आचार्यको सरकारसँग विशेष प्याकेज माग

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको स्वास्थ्य सेवा, ३ हजार ६ सयभन्दा बढीको उपचार

गौरीकुमारीको ठाउँमा गणेश कि रहविर ?

अमरेशको आक्रोश – ‘सरकारको केन्द्र सिंहदरबार होइन, ज्वागल बनेको छ’

गहभरी आँशु पारेर मन्त्रालयबाट बाहिरिइन मन्त्री यादव

बिशेष