३९ स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

सरकारले ३९ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । ३४ उपसचिवलाई पदस्थापन गर्दा ९ वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कामकाज गर्न खटाएको छ ।

बिज्ञापन

यस्तै, ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दा ३० जनालाई स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ ।

बिज्ञापन

जसअनुसार,पितानाथ लुइटेललाई कोहल्वी नगरपालिका,बारा,रामदत्त भट्टलाई पर्सा नगरपालिका,खेमराज देवकोटलाई कृष्णनगर नगरपालिका,महेशबहादुर वमलाई भीमदत्त नगरपालिका,बिष्णुप्रसाद सुवेदीलाई फिदिम नगरपालिकामा खटाइएको छ । यस्तै जयकान्त झा लहान नगरपालिकामा खटाइँदा सबिन सिंह चौधरीलाई मायादेवी गाउँपालिकामा पठाइएको छ । सिकिन्द्र साहलाई बिदेह नगरपालिका र चिरञ्जिवी घिमिरे ताराखोला गाउँपालिकामा कामकाजका लागि खटाइएको छ ।
यस्तै सामान्य प्रशासनले अमर जिसीलाई मालारानी गाँउपालिका,मुक्ति पौडेललाई बडिगाँउ गाँउपालिका,तुर्माखाँद गाँउपालिकामा द्रुवप्रसाद अधिकारी,अर्जुनकुमार राउतलाई भुम्लु गाँउपालिकामा खटाइएको छ ।
पदस्थापनको सूची अनुसार,विवेक रणपाल परियारलाई मस्र्याङ्दी गाँउपालिका,महाशिला गाँउपालिकामा अभिनय अधिकारी,चामे गाँउपालिकामा विनोद रेग्मी,रोशी गाँउपालिकामा शिवप्रसाद भन्तनाको पदस्थापन गरिएको छ । यस्तै,मोतिप्रसाद अधिकारी धौलागिरी,आर्दश गाँउपालिकामा पदमराज अवस्थी, शिवालय गाँउपालिका रामु ज्ञवाली,खानीखोला गाँउपालिकामा जिवन गैरे खटाइएको छ ।
कुमाख गाँउपालिकामा समिर गौतम,काइके गाँउपालिकामा गोपाल शाही,कनकासुन्दरीमा दिपेन्द्र भण्डारी,माडी गाँउपालिकामा यज्ञबहादुर भण्डारीको पदस्थापन भएको छ ।
यस्तै,लिंसखुपाखरमा समिता थापा,मारिङदेनमा भिमबहादुर सुब्बा,पूर्वीचौकीमा विक्रम श्रेष्ठ,जलजलामा लोकराज खत्री,शर्मिला पौडेल हेलम्बु,हिमाल डगौरा के आइ सिंह पालिका,निसिखोला जिवन पुनमगर,पर्सा युगेशकुमार यादव,विकास विक सिदिङ्वा,तिलाठी कोइलाडीमा सरोजकुमार कर्णको पदस्थापन भएको छ ।अमितकुमार साह रामनगर,पवनकुमार केशरी वागमती,जुनीचौदी गाँउपालिकामा हर्कबहादुर शाही र विष्णुपुर गाँउपालिकामा सन्तोष रायको पदस्थापन भएको छ ।
मन्त्रालयका अनुसार अहिले झण्डै २ सय स्थानीय तह निमित्त प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् । नवनियुक्त ९ उपसचिव र ३० शाखा अधिकृतहरूलाई मन्त्रालयले विभिन्न मन्त्रालय सहित रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतको पदमा खटाउने निर्णय गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा हुँदै

नेपाली सेनाका २२ जना कर्नेलहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

मन्त्रिपरिषद्को बैठक जारी

बिशेष