३९ स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

सरकारले ३९ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । ३४ उपसचिवलाई पदस्थापन गर्दा ९ वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कामकाज गर्न खटाएको छ ।

बिज्ञापन

यस्तै, ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दा ३० जनालाई स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ ।

बिज्ञापन

जसअनुसार,पितानाथ लुइटेललाई कोहल्वी नगरपालिका,बारा,रामदत्त भट्टलाई पर्सा नगरपालिका,खेमराज देवकोटलाई कृष्णनगर नगरपालिका,महेशबहादुर वमलाई भीमदत्त नगरपालिका,बिष्णुप्रसाद सुवेदीलाई फिदिम नगरपालिकामा खटाइएको छ । यस्तै जयकान्त झा लहान नगरपालिकामा खटाइँदा सबिन सिंह चौधरीलाई मायादेवी गाउँपालिकामा पठाइएको छ । सिकिन्द्र साहलाई बिदेह नगरपालिका र चिरञ्जिवी घिमिरे ताराखोला गाउँपालिकामा कामकाजका लागि खटाइएको छ ।
यस्तै सामान्य प्रशासनले अमर जिसीलाई मालारानी गाँउपालिका,मुक्ति पौडेललाई बडिगाँउ गाँउपालिका,तुर्माखाँद गाँउपालिकामा द्रुवप्रसाद अधिकारी,अर्जुनकुमार राउतलाई भुम्लु गाँउपालिकामा खटाइएको छ ।
पदस्थापनको सूची अनुसार,विवेक रणपाल परियारलाई मस्र्याङ्दी गाँउपालिका,महाशिला गाँउपालिकामा अभिनय अधिकारी,चामे गाँउपालिकामा विनोद रेग्मी,रोशी गाँउपालिकामा शिवप्रसाद भन्तनाको पदस्थापन गरिएको छ । यस्तै,मोतिप्रसाद अधिकारी धौलागिरी,आर्दश गाँउपालिकामा पदमराज अवस्थी, शिवालय गाँउपालिका रामु ज्ञवाली,खानीखोला गाँउपालिकामा जिवन गैरे खटाइएको छ ।
कुमाख गाँउपालिकामा समिर गौतम,काइके गाँउपालिकामा गोपाल शाही,कनकासुन्दरीमा दिपेन्द्र भण्डारी,माडी गाँउपालिकामा यज्ञबहादुर भण्डारीको पदस्थापन भएको छ ।
यस्तै,लिंसखुपाखरमा समिता थापा,मारिङदेनमा भिमबहादुर सुब्बा,पूर्वीचौकीमा विक्रम श्रेष्ठ,जलजलामा लोकराज खत्री,शर्मिला पौडेल हेलम्बु,हिमाल डगौरा के आइ सिंह पालिका,निसिखोला जिवन पुनमगर,पर्सा युगेशकुमार यादव,विकास विक सिदिङ्वा,तिलाठी कोइलाडीमा सरोजकुमार कर्णको पदस्थापन भएको छ ।अमितकुमार साह रामनगर,पवनकुमार केशरी वागमती,जुनीचौदी गाँउपालिकामा हर्कबहादुर शाही र विष्णुपुर गाँउपालिकामा सन्तोष रायको पदस्थापन भएको छ ।
मन्त्रालयका अनुसार अहिले झण्डै २ सय स्थानीय तह निमित्त प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् । नवनियुक्त ९ उपसचिव र ३० शाखा अधिकृतहरूलाई मन्त्रालयले विभिन्न मन्त्रालय सहित रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतको पदमा खटाउने निर्णय गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४२ उपसचिवको सरुवा,११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर (सूचीसहित)

सामान्य प्रशासनमन्त्रीको १ सय दिन : निजामती विद्येयकको मस्यौदा तयार पार्नेदेखि सरुवा अनिवार्य अनलाइन प्रणालीसम्म

विपद प्राधिकरणमा निमोठिँदै ‘मेरिटोक्रेसी’

कम्पनी रजिष्ट्रारमा २० कर्मचारीको दरबन्दी कटौती प्रस्ताव

प्रमुख प्रशासकीय अधिकृत,इञ्जिनियर,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

पर्यटन मन्त्रीले गरे ५ संस्थामा २५ जनालाई नियुक्ति

कर्मचारीको उपचार गर्न सिंहदरबारभित्रै निजामती अस्पतालको इकाइ,७ हजार कर्मचारी लाभन्वित

संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त १५ पदमा होला त नियुक्ति ?

बिशेष