श्रीमतीको हत्या गरी भागेका सितोराम प्रहरी हिरासतमा

अञ्जनकुमार 

बिज्ञापन

शंकाले लंका जलाइछ भनेझै शंकाकै भरमा पटक पटक झगडा गरिराख्ने सितोराम दासले अन्तत आफ्नी श्रीमती उजेली गुरुङ दासको हत्या गरेका छन ।

बिज्ञापन

सप्तरी जिल्लाको बिरपुर गाउँपालिका- ६ घर भई विगत २५/ २६ वर्षदेखि लमजुङको मध्यनेपाल नपा- ४ दुईपिप्लेमा बस्दै आएका दासले यही चैत्र २३ गते रातको दशबजेतिर श्रीमती ४० वर्षीय उजेली गुरुङलाई बाँसको कप्टेरोले हानेर सख्त घाइते पारेका थिए ।

स्थानीय अभि थापा मगरको घर भाडामा बस्दै आएका दास केही समयदेखि बाहिर बस्दै आएका थिए । सो रात श्रीमती उजेली एक्लै भएको चाल पाएर मदिराको जोसमा बाँसको खपेटाले टाउको लगायत शरीरका विभिन्न भागमा कुटेर रक्ताम्य पारेको खबर स्थानियले चाल पाएपछि उपचारका लागि घाइते उजेलीलाई स्थानीय रिस्ती मादी अस्पताल लगिएको र प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल अस्पतालमा उपचारका पुर्याइएको थियोे । उपचारका क्रममा घाइते उजेलीको शुक्रबार बिहान १० बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भोर्लेटारले जनाएको छ ।

बिज्ञापन

दुईपिप्लेमा पाउरोटी बनाउने काम गर्दै आएका दासले व्यास नगर पालिका- ८ बर्लाछी कि उजेलीसग २२ वर्षअघि बिहे गरेका थिए । उनको एक छोरी र एक छोरा छन् । छोरी कुसुमको बिहे पनि भैसकेको र १९ वर्षका छोराले दुईपिप्लेमै ब्लक उद्योगमा काम गर्छन् ।

श्रीमतीलाई बेहोस पारी भागेर लुकेका दासलाई ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काको टोलीले घटनास्थल भन्दा सय मिटर पर लुकेर बसेको अवस्थामा प्रकाउ गरि थप अनुसन्धानका लागि जिल्ला पठाएको थियो । श्रीमती उजेलीको मृत्युपछि दासलाई कर्तव्य ज्यानको कसुर अन्तरगत मुद्दा चलाइने भए पनि दासले कुटपिट बारे केही  नखोलेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष