सभामुख हुँदा यौनकाण्ड,उपाध्यक्ष हुँदा सुनकाण्ड

नेकपा माओवादीभित्र गच्छदारको उपमा पाएका नेता हुन कृष्णबहादुर महरा । ६३ पछि उनी पटक पटक गरी ६ पटक भए । कहिले गृह, अर्थ, परराष्ट्र, सञ्चारजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए । सञ्चार मन्त्री हुँदा उनी चिनिँया नागरिकसँगको ५० करोडको अडियो टेप सार्वजनिक भयो ।

बिज्ञापन

त्यस यता सभामुख हुँदा यौनकाण्डमा मुछिए । १३३ दिनसम्म प्रहरी थुनामा रहेका उनी साढे चार बर्ष पछि फेरि र पक्राउ परेका छन् । चार बर्ष अघि सभामुख हुँदा यौनकाण्ड लागेर १३३ दिन थुनामा बसेर निस्किएका महरा दोश्रो पटक प्रहरी नियन्त्रणमा पुगेका छन् । हुलाकी मार्ग भएर रुपन्देहीबाट दाङ्ग जाँदै गर्दा कपिलवस्तुको पकडीबाट बाटो छेकी समातिएका माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई सीधै केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोतर्फ लगिएको हो ।

बिज्ञापन

उनलाई यति एअरको जहाजबाट एकछिनअगाडि काठमाण्डौ ल्याइएको थियो । काठमाण्डौमा जहाज ओर्लनासाथ उनलाई एसएसपी दिनेश आचार्य नेतृत्वको टोलीले आन्तरिक टर्मिनल परिसरबाट बा प्रदेश ०१ ०२८ च ६९६५ नम्बरको सेतो स्कोर्पियो गाडीमा राखी लैनचौरस्थित नयाँ कार्यालयतर्फ लिएर गएको छ ।

साढे चार बर्ष अघि महरा प्रतिनिधि सभाको सभामुख थिए । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परे । १३३ दिन प्रहरी थुनामा बसेका उनलाई २०७६ फागुन ५ मा जिल्ला अदालत काठमाडौँका न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खरिदारदेखि उपसचिव तहका ४१ कर्मचारीहरुको सरुवा

बुटवलमा रोयल एनफिल्डको नयाँ बाईक स्क्यार्म ४४० को ‘लन्च’

दरबन्दी लुकाउने सामान्य प्रशासनलाई अदालतको झड्का,रोकियो उपसचिव र सहसचिवको विज्ञापन

कृषकका सन्तानले धान्दैछन्,निजामती

छ उपसचिवहरूको सरुवा

स्वास्थ्य मन्त्रालयमा व्यापक सरुवा

कार्यालय प्रमुख,लेखा अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

चिप्लिए निर्णयकर्ता : हिजो सामान्यको सरुवामा,आज क्याविनेटको निर्णयमा

बिशेष