पित्तथैलीको अपरेसन गर्न गएका पुरुषको अस्पतालले भ्यासेक्टोमी गरेपछि…

एक जना युवक पित्तथैलीको शल्यक्रिया गर्न अस्पताल गएका थिए । तर डाक्टरहरूले ती पुरुषको भ्यासेक्टोमी गरेर पठाएका छन् । ४१ वर्षका जोर्ज बसेतो कोर्दोबाको फ्लोरेन्सियो दियाज प्रोभिन्सियल हस्पिटलमा पित्तथैलीको अपरेसनका लागि गएका थिए ।

बिज्ञापन

अपरेसन फेब्रुअरी मंगलबार फेब्रुअरी २८ मा हुने भनिएको थियो । तर केही परिस्थितिका लागि अपरेसन बुधबारका लागि सर्‍यो । अपरेसनको दिनमा अस्पतालका एक कर्मचारी बिरामीको कोठामा आए । उनलाई स्ट्रेचरमा राखे अनि एक शब्द नसोधी, बिरामीको चार्ट नै नहेरी उनलाई शल्यक्रिया गर्ने कोठामा लगे । डाक्टरले पनि बिरामीको चार्टमा छड्के नजर लगाउने कष्ट गरेनन् । सो दिन जुन शल्यक्रिया गर्ने शेड्यूल थियो त्यही गरे । अर्थात् पित्तथैलीको शल्यक्रिया गर्न गएका पुरुषको भ्यासेक्टोमी गरियो ।

बिज्ञापन

जोर्जलाई होस आएपछि के भइरहेछ भन्ने पत्तो नै पाएनन् । एक जना डाक्टर उनलाई हेर्न आए । अनि उनलाई झट्का दिए । आफ्नो पित्तथैलीको अपरेसन नभएर भ्यासेक्टोमी भएको भनेर डाक्टरबाट उनले थाहा पाए । केही बेर त बिरामी अवाक भए । त्यसपछि उनी आत्तिन थाले । तर उनीसँग धेरै समय थिएन । उनको पित्तथैलीको शल्यक्रिया गरियो । कहाँ त्रुटी भयो अनि भ्यासेक्टोमी उल्ट्याउन के गर्नु पर्छ भनेर सोच्न लागे । एक अर्कालाई दोष लगाउन व्यस्त डाक्टरहरूले उल्टै जोर्जलाई बढी ‘ड्रामाटिक’ नहुन भनिरहेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्थानीय तह सेवा तथा सञ्चालन ऐन संशोधन गर्न प्रदेश सरकार तयार

निजामती विद्येयक उपर ४३ संशोधन प्रस्ताव दर्ता

शासकीय सुधार आयोगसँग एक पूर्व प्रशासकको अपेक्षा

सिडिओ र एसपीको कार्यसम्पादन चित्त बुझेन जनप्रतिनिधिलाई

कासमू भर्नेदेखि मूंल्याकनसमेत विद्युतीय प्रणालीबाटै,विद्युत प्राधिकरणले बनायो रेकर्ड

नेपालमा कार्यसम्पादन मूल्याङ्कन: अवधारणा, प्रयोग, सफलता, कमजोरी र सुझाव

फेरि सुरु भयो सरुवाको खेलः सामान्य प्रशासन मन्त्रालय फेरि विवादमा

राजनीतिक दल र उनीहरुको नीतिले देश विकासमा पार्ने प्रभाव

बिशेष