मुख्यसचिव आजदेखि बिदामा,को होला अबको मुख्यसचिव ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मुख्यसचिव वैकुण्ठ अर्याल आजदेखि बिदामा बस्ने भएका छन् । एक पछाडि अर्को विवाद र अनियमिततामा मुछिएका मुख्य सचिव बैकुण्ठ अर्याललाई बिदा बस्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुले समेत आग्रह गरेका थिए । ।

बिज्ञापन

मुख्य सचिव अर्याल टेरामेक्स,विकल पौडेलसँगको आर्थिक कारोवार लगायतका चार वटा फरक फरक बिषयमा विवादमा मुछिएपछि बिदामा बसेर मार्गप्रशष्त गर्न निर्देशन दिइएको थियो तर उनले अटेरी गर्दै आइरहेका थिए । अर्याल सञ्चार मन्त्रालयको सचिव रहँदा टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको भन्दै अख्तियारले मुख्यसचिव वैकुण्ठप्रसाद अर्यालविरुद्ध पनि मुद्दा दायरको तयारी गरेको छ । अख्तियारले अनुसन्धान मात्रै सकाएको छैन, अभियोजनको फाइल समेत तयारी अवस्थामा राखेको छ । मुख्यसचिव अर्यालले राजीनामा नदिँदै मुद्दा लगेमा मुख्यसचिवको पद पनि लामो समयसम्म रिक्त रहने र अर्को नियुक्ति गर्न पनि कठिन हुने भएकाले उनले राजीनामा दिएमा कर्मचारी संयन्त्रमा पनि राम्रो सन्देश जाने भएकोले राजीनामा दिन भनिएको थियो । आइतबारै राजीनामा दिन भनिएको भए पनि अटेर गर्दै आएका अर्याल आजदेखि बिदामा बस्न लागेको जनाइएको छ ।

बिज्ञापन

मुख्यसचिव अर्याल बिदामा बसेको खण्डमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयभित्रकै सबैभन्दा वरिष्ठ सचिव स्वतः निमित्त मुख्यसचिव हुने व्यवस्था कानुनमा छ। अहिले प्रधानमन्त्री कार्यालयमा एकनारायण अर्याल, अर्जुन पोखरेल, लिलादेवी गडतौला, सरजुकमार वैद्य, गणेश पाण्डे सचिवका रूपमा कार्यरत छन्। प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिवमध्ये एकनारायण सबैभन्दा वरिष्ठ हुन्। त्यसैले मुख्यसचि वैकुण्ठ बिदामा बसे एकनारायण स्वतः निमित्त मुख्यसचिव हुनेछन्।

प्रधानमन्त्री कार्यालयमा रहेका सिनियर सचिवमध्ये एकनारायण अर्यालले निमित्त मुख्य सचिवको जिम्मेवारी पाउँदैछन् भने मुख्य सचिवका प्रवल दावेदारका रुपमा बरिष्ठ सचिवहरु देवकुमारी गुरागाईं पहिलो नम्बरमा छिन् । उनी यही साता उमेर हद लागेर अवकाशमा जाँदैछिन् । सचिव हुँदा सबैभन्दा धेरै पेलानमा परेका र साढे चार बर्ष पछि मात्र मन्त्रालयमा जिम्मेवारी पाएका केबल भण्डारी, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीहरु मुख्य सचिव बन्ने लाइनमा छन् । तर कृष्णहरि पुष्करजस्ता चतुर खेलाडीहरुले जस्केलाबाट मुखय सचिव पदमा फड्को मारे भने अनौंठो नमाने हुन्छ भन्दैछन्,प्रशासकहरु नै ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बिशेष