लिएको २ लाख तिर्नुपर्ने ६२ लाख !

२ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो ।

बिज्ञापन

शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो ।

बिज्ञापन

राज्य सञ्चालनका केन्द्रहरु सिंहदरबार, बालुवाटार र बानेश्वरमा क्षेत्रमा २० चैतदेखि आफ्नो पीडा सुनाइरहेका पीडितसंग परिचय गर्न भनेर गृहमन्त्रालयका सहसचिव प्रदिप कोइरालाको टोली शान्तिवाटिका पुग्यो ।

‘आज हामीले उहाँ (पीडित) हरुसंग परिचय ग¥यौं । भोलिदेखि वार्ता सुरु हुन्छ,’ शान्तिवाटिकामा पाल टाँगेर बासिरहेका पीडितसंगको भलाकुसारीपछि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने ।
सरकारी टोलीले मिटरब्याज पीडितका गुनासा सम्बोधन भन्दा अगाडि पीडितका तर्फबाट वार्ता टोली ठूलो भएको आफ्नो गुनासो राख्यो । ‘उहाँहरुको वार्ता टोली १९ जनाको भयो, त्यो टोली अलिक सानो भए हुन्थ्यो भन्ने छ’, गृह प्रवक्ता बस्नेतले गुनासो गरे ।

सरकारी टोली र मिटरब्याज पीडितको वार्ता टोलीबीच परिचय आदानप्रदान भइरहँदा नजिकै मिटरब्याज पीडितहरु भने आफ्ना दुःखेसो सुनाउँदै थिए । महोत्तरीको भंगाहा नगरपालिका– २ का रामसागर वातकले पुरानो कागज र डायरी देखाए । त्यो डायरीमा लेखिए अनुसार उनले २० कात्तिक ०७५ मा दुई लाख रुपैयाँ ऋण लिएका थिए । ‘गाउँकै राजाराम कापरसंग २ लाख लिएको हुँ’, वातकले भने ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४२ उपसचिवको सरुवा,११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर (सूचीसहित)

सामान्य प्रशासनमन्त्रीको १ सय दिन : निजामती विद्येयकको मस्यौदा तयार पार्नेदेखि सरुवा अनिवार्य अनलाइन प्रणालीसम्म

विपद प्राधिकरणमा निमोठिँदै ‘मेरिटोक्रेसी’

कम्पनी रजिष्ट्रारमा २० कर्मचारीको दरबन्दी कटौती प्रस्ताव

प्रमुख प्रशासकीय अधिकृत,इञ्जिनियर,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

पर्यटन मन्त्रीले गरे ५ संस्थामा २५ जनालाई नियुक्ति

कर्मचारीको उपचार गर्न सिंहदरबारभित्रै निजामती अस्पतालको इकाइ,७ हजार कर्मचारी लाभन्वित

संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त १५ पदमा होला त नियुक्ति ?

बिशेष