प्रदेश
कोशी प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए। ३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेश भित्रका सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको लुइँटेलले जानकारी दिए।
कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कृष्ट घोषित भएको छ । गृह मन्त्रालयले मंगलबारमात्र देशभरका स्थानीय तहहरुको कार्यसम्पादन मूल्याकनको आधारमा नतिजा सार्वजनिक गरेको थियो । उक्त नतिजा अनुसार कोशी प्रदेशकै जिल्लाहरुमध्ये तेह्रथुम उत्कृष्ट घोषित भएको हो । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौताका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको […]
काठमाडौँ । मधेश प्रदेशमा सत्ताको चरम दुरुपयोग गरिएको छ । जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद २० सदस्यीय पुर्याएका छन् । प्रदेश सरकार प्रभावकारी नभएको भन्दै आम रुपमा आलोचना भइरहेको बेला मधेस सरकारमा मुख्यमन्त्रीसहित १२ मन्त्रालयमा थप ८ राज्यमन्त्री थपेर सत्ताको चरम दुरुपयोग गरिएको छ । सत्ता टिकाउन र गठबन्धनमा रहेका […]
गृह मन्त्रालयको कार्यसम्पादन रिर्पोटमा रसुवा जिल्ला प्रशासन यस पटक पनि ए प्ल ग्रेड ल्याएको छ । गृह मन्त्रालयले ७७ जिल्लाको प्रमुख जिल्ला अधिकारी वा जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकन रिर्पोट सार्वजनिक गरेको छ । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच अघिल्लो बर्ष भएको कार्यसम्पादन मुल्यांकनमा रसुवा जिल्ला प्रशासनले ९१ दशमलव ४३७ अंक सहित ए प्लस […]
ऋृषि भट्टराई बुटवल । बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी तयारी तयारी अगाडी बढेको छ । इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तरराष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी प्रस्ताव लगिने भएको हो । जसका लागि बुटवलमा रहेको स्थानीय व्यवस्थापन समिति र आम्दा नेपालले […]
नेपाली काँग्रेसभित्र गुटगत राजनीति कुन रुपमा मौलाउँदै छ भन्ने एउटा सानो उदाहरण हो,बाग्मती प्रदेशको मन्त्रिपरिषद् बिस्तार ।बाग्मती प्रदेशभित्र सबैभन्दा पिछडिएको जिल्ला मानिने रसुवा जिल्लाका एक तमाङका छोरा यही गुटगत राजनीतिको चरम शिकार बनेका छन् । चार दिन अघि मन्त्री नियुक्त भएका उनले बधाई प्रशस्तै खाए । तर उधारो बधाई मात्र खाए मन्त्रीको शपथ खानै पाएनन् […]
कर्णाली प्रदेश सरकारले रिक्त रहेको ११ सय भन्दा कर्मचारी चालु आर्थिक बर्षमै पदपूर्ति गर्ने तयारी रहेको जनाएको छ ।आठ मन्त्रालय र प्रदेश सरकार मातहतका अन्य निकायका लागि स्वीकृत दरबन्दी कुल दुई हजार आठ सय ६२ रहेको भए पनि त्यहाँ एक हजार सात सयभन्दा केही कर्मचारी मात्र छन् । अर्थात झण्डै ११ सय दरबन्दी रिक्त छ […]
झण्डै पाँच महिना पछि मधेश प्रदेश लोक सेवा आयोगले अध्यक्ष पाएको छ । एक अध्यक्ष र दुई सदस्यसहित तीन पदाधिकारी रहने प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष अध्यक्ष सुरेन्द्र प्रसाद यादव ६५ वर्षे उमेर हदका कारण २२ फागुनमा अवकाशमा गए सँगै आयोग अध्यक्ष विहिन रहेकोमा हिजोमात्र सो आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त हुने भएका छन् । […]
कोशीका पूर्व मुख्यमन्त्री र प्रदेशका सचिवबीचको लफडा अहिले सतहमा आएको छ । पूर्वमुख्यमन्त्रीले धाक धम्की दिएको भन्दै प्रदेश सचिव न्याय खोज्दै प्रहरी प्रशासन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् भने पूर्वमुख्यमन्त्रीको सचिवालयले खण्डन गर्दै सचिवमाथि गम्भीर आरोप लगाएको छ । मंगलबारमात्र,कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई शौचालयमा थुन्ने र […]
घुस लिँदै गर्दा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कोइरालाको साथबाट १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको जनाइएको छ । भरतपुरस्थित एक होटलबाट कोइरालालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनले औषधी […]