प्रोफाइल
ऋृषि भट्टराई समाज यही हो,गाउँ –ठाउँ यही । बुद्ध,आइन्सटाइन,ग्यालिलियो,जिससजस्ता मुक्त पुरुषलाई पागल भन्ने र ढुङ्गाले हान्न पछि परेन भने उनी त साधरण मान्छे । गुल्मीको मदाने गाउँपालिका ४, म्यालपोखरीका जन्मिएका विनोद कुँवरले पनि यस्ता तुच्छ बचन त कति सुने कति । कहाव छ नि ‘सबसे कडा हें रोग क्या कहंगे लोक’। उनले दुनिँयाको कुरा सुनेनन्,आफ्नै […]
हालसम्म २६ मुख्य सचिव,अधिकांश बाहुन,क्षेत्री र नेवार समुदायबाटै । २३ औं मुख्यसचिवका रुपमा तमाङ्ग समुदायबाट नाम कोर्ने सुनौला अवसर थियो धनबहादुर तमाङ्गलाई । जसै सोमलाल सुवेदी मुख्य सचिव पद त्यागेर उपसचिवस्तरको पदमा एडिबीमा जागिर खान गए उनी पछि बरिष्ठताका आधारमा तमाङ्ग नै मुख्यसचिव बन्ने लाइनमा थिए तर बाजी मारे,राजेन्द्र क्षेत्रीले । सेवा अवधि बाँकी छँदै […]
पछिल्लो समय निजामती सेवामा महिलाको उपस्थिति बाक्लिदै गएको छ । निजामती किताबखानाको तथ्यांक अनुसार झण्डै २६ प्रतिशत महिला सहभागीता छ अहिले निजामती सेवामा । उच्च तहमा अहिले आठ महिलाले प्रशासनिक नेतृत्व गर्दैछन । ७३ सचिवमध्ये ८ महिला सचिवको रुपमा प्रशासनिक नेतृत्व गर्दैछन ।जसमा लक्ष्मीकुमारी बस्नेत र राधिका अर्याल, प्रमिलादेवी बज्राचार्य,सरिता दवाडी,लीलादेवी गड्तौला, विन्दू बिष्टका साथैं सेवा […]
आज महिला दिवस । हरेक बर्ष मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाइदै आएको छ ।कुनै समय चुलो चौकामा सीमित महिलाहरु अहिले राजनीतिक,प्रशासनिक,न्यायिक,बैंक तथा वित्त संस्थाका अलवा सार्वजनिक निकायका उच्च तहमा पुग्न सफल भइसकेका छन् । यस्तै अहिले निजामती सेवाको उच्च तहमा ९ जना महिला कार्यरत छन् । जसमा हिजैबाट मात्र सचिव देवकुमारी गुरागाई सेवा […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी भानुभक्त जोशीले पाएका छन् । एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र धनबहादुर बूढालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाउन लागेको हो ।जीवनमा साढे दशक समय नेकपा एमालेमा व्यतित गरेर दुई बर्ष अघि एकीकृत समाजवादी पार्टीमा लागेका उनी गत बर्ष सम्पन्न […]
जब अत्याचारले सीमा नाघ्छ तब विद्रोहको ज्वारभाटा निस्कँदोरहेछ । ०७२ सालमा महानगरपालिकामा कानुन अधिकृत बनेर सेवा प्रवेश गरेँ । लोकसेवा लडेर नाम निकाल्नु मेरो कमजोरी हो ? लोकसेवाले २ जना कानुन अधिकृतसहित ४८ जना कर्मचारी मागेको थियो । महिला र खुला कोटामा नाम निकालें । त्यसअघि औषधि व्यवस्था विभागमा केही समय काम गरेको थिएँ । […]
कास्कीमा जन्मिएका नारायणदत्त भण्डारी ०५३ सालदेखि निजामती सेवामा प्रवेश गरे । उनी विभिन्न जिल्लाको डिभिजन प्रमुख भएर काम गरेको अनुभव छ । २०७० सालमा जुम्लामा साढे तीन बर्ष काम गरे, पाल्पा, बाग्लुङ, रसुवागढी, नुवाकोटको डिभिजन प्रमुख हुँदै मध्यपहाडी योजना कार्यालय पर्वत, लहानको योजना प्रमुख हुँदै हाल डिभिजन कार्यालय काठमाडौंको प्रमुख भएर काम गरिरहेका छन् । […]
चुला र चौकामा सीमित छैनन,महिलाहरु । अहिले प्रशासनिक उच्च नेतृत्वमा ९ जना महिला सचिव, १० सिडियो र ९ महिलाले प्रमुख प्रशासकीय अधिकृतको रुपमा गाउँको सिंहदरबार हाकिँरहेका छन् । निजामती किताबखानाको तथ्यांक अनुसार ८५,५१५ कर्मचारी कार्यरत रहेकोमा महिलाको संख्या २४,१४३ महिला बहालरत छन्,तिनैमध्य अलि पृथक र फरक पहिचान बनाइरहेकी कर्मचारी हुन मुना घिमिरे श्रेष्ठ । आजभन्दा […]
नेपालको प्रशासनिक इतिहासमा सचिव तहबाट अवकाश पाएको व्यक्ति वकालत पेशा अगालेको घटना बिरलै भेटिएला तर पूर्व प्रशासक यादव कोइराला,कालो कोटमा सजिएर रामशाहपथ,पुल्चोकतिर हिडिरहेका हुन्छन ।उनीसँगै सचिव भएकाहरु वा जुनियर साथीहरु अवकाश अघि वा पछि कोही संवैद्यानिक निकाय,आयोग वा राजदूत लगायतका नियुक्ति खाइरहँदा उनी भने अवकाश पछि वकालततिर पेशातिर मोडिएका हुन । उनलाई अहिले सर्वाेच्च,उच्च अदालत […]
अहिले सामाजिक सञ्जालमा चर्चामा छिन् गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) । एकै बर्षमा लोकसेवाले लिइएका विभिन्न् पाँचवटै परीक्षामा उत्र्तीण भएर सफलता हासिल गरेसँगै उनको चर्चा चुलिएको हो । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षमा लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा उत्र्तीण गरेकी हुन । जिसीले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य […]