राष्ट्रिय सभा निर्वाचनको लागि ५२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । १९ सिटका लागि माघ ११ गते हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दलका तर्फबाट ५२ जनाको उम्मेदवारी परेको हो । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेकोमा सातवटै निर्वाचन अधिकृतको कार्यालयमा ५२ जना मनोनयन दर्ता गरेको आयोगका […]

डुडुवा, १० बैशाख – बाँकेको डुडुवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका सबै बालबालिकाले पुर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकालाई पुर्ण खोप घोषणा गर्दै बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने भन्दै […]

खजुरा, १० बैशाख – आदर्श माध्यामिक विद्यालय खजुरामा अध्यापन गरेका पूर्व विद्यार्थीहरुको भेलाले पूर्व विद्यार्थी समाज गठन गरेको छ । विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा शनिबार भएको भेलाले गोविन्द शर्माको अध्यक्षतामा ३५ सदस्यीय आदर्श मावि पूर्व विद्यार्थी समाज खजुरा ३ डि गाउँको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ईन्दिरा खड्का भण्डारी र […]

काठमाण्डौ, ८ बैशाख – जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्ने नाममा बारा २ मा निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् । जसपाका सांसददेखि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसम्मले आचारसंहिताको उल्लंघन गर्दै चुनावी गतिविधि गरेका हुन् । सत्तामा रहेर खुलेयाम आचारसंहिताको धज्जी उडाउँदा पनि निर्वाचन आयोग मुकदर्शक भएर बसेको छ । जिल्ला आचारसंहिता अनुगमन समिति यहाँको चलन […]

आइतबार सिंहदरबार भित्रबाट फोहोर व्यवस्थापन भएन । मन्त्रालय, विभिन्न निकायसहित क्यान्टिन, बगैंचा र सडकहरुबाट संकलन भएको फोहोर त्यतिकै थुप्रिए । फोहोर नउठ्नुको कारण हो, सिंहदरबारको फोहोर नउठाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको निर्देशन । निजी स्तरको कम्पनी ‘परिवर्तन सेवा प्रालि’ले शहरी विकास मन्त्रालयसँग गरेको सम्झौताका आधारमा सिंहदरबार परिसरको फोहोर व्यवस्थापन गर्दै आएको थियो । […]

२ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो । शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो । राज्य सञ्चालनका केन्द्रहरु […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले […]

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतत्वका लागि आगामी चैत २९ गते निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान अनुसार चन्द्रप्रसाद ढकालले आगामी तीन वर्षका लागि महासंघको नेतृत्व सम्हाल्दै छन् । त्यसपछिको नेतृत्वको लागि यो वर्षको चुनावमा वरिष्ठ उपाध्यक्षसहित कार्य समितिका ६४ पदमा चर्को प्रतिस्पर्धा छ । महासंघको निर्वाचन समितिको कार्यालयका अनुसार ६४ पदका […]

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका सचिव लेखराज भट्टको अत्तरियास्थित घरमा पुगेका छन् । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका बेला भट्ट केपी शर्मा ओलीतिर लागेपछि दुई नेताबीच सम्वाद टुटेको थियो । कतिसम्म भने प्रचण्डले सार्वजनिक मञ्चमै भट्टलाई ‘दलालको पनि दलाल’को संज्ञा दिएका थिए । तर आइतबार आफैं भट्टको घरमा […]

पछिल्लो वर्षमा उद्योगी व्यवसायीहरु नयाँ परियोजना तयार गरेर अघि बढ्न हच्किएका छन् । यसको असर अब बैंकको कर्जा विस्तारमा समेत पर्न थालेको छ । बैंकमा ऋणको माग नयाँ परियोजनामा लगानी गर्नभन्दा ब्याज भुक्तानी मिलाउनका लागि हुन थालेको बैंकरहरुको अनुभव छ । उनीहरुले यो विषय नेपाल राष्ट्र बैंकसँग पनि ‘सेयर’ गरेका छन् र गभर्नर महाप्रसाद अधिकारी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।