प्रत्यक्ष निर्वाचित सांसदबाटै मन्त्री बनाइने,मन्त्रालयको संख्या घटाइने

झण्डै दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सरकार गठनको तयारीलाई तीव्र पारेको छ। हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ। सरकार बनाउन झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको रास्वपाले गैर सांसदलाई मन्त्री बनाउन लागेको बिषयमा बाहिर टिका टिप्पणी र चर्चा परिचर्चा शुरु भएको छ । तर विभिन्न विज्ञहरुसँग सरसल्लाह पछि वालेनले प्रत्यक्ष निर्वाचित सांसदहरुबाटै विज्ञताका आधारमा मन्त्रीमण्डल बनाउने निष्कर्षमा पुगेको वालेन निकट स्रोतले जनाएको छ ।

बिज्ञापन

बाहिर चर्चा गरिएझैं गैरसांसदलाई मन्त्री बनाउन लागिएको हल्लामा कुनै सत्यता नभएको वालेन निकट रहेर काम गरिरहेका ती नेताले जनाएका छन् । रास्वपाको वाचापत्रमा समेत गैरसांसदलाई मन्त्री बनाउने एजेन्डा समावेश छ । तर, अहिलेको संवैधानिक प्रावधानमा परिमार्जन नगरिकन त्यो सम्भव नहुने निष्कर्षमा बालेनको टीम पुगेको हो । बाह्य विज्ञ ल्याउने योजना कानुनी र राजनीतिक जटिलताका कारण सफल नहुने हुँदा रास्वपाबाट प्रत्यक्षतर्फ निर्वाचित विभिन्न क्षेत्रका विज्ञ सांसदहरूलाई मन्त्री बनाउनुपर्ने निष्कर्षमा रास्वपा र वालेन पुगेका छन् ।

बिज्ञापन

सांसदहरूमध्येबाटै क्षमता र विज्ञता हेरेर मन्त्रीको नाम छनोट हुने जनाइएको छ । स्रोतका अनुसार बालेनले मन्त्रालयको संख्या भने घटाउन चाहेका छन् । रास्वपाको वाचापत्रमा समेत संघीय मन्त्रालयको संख्या १८ मा सीमित गर्दै विज्ञ मन्त्री र विशेषज्ञतामा आधारित कर्मचारी प्रशासनको नयाँ मानक स्थापना गर्ने उल्लेख छ । रास्वापाले सार्वजनिक गरेको वाचा पत्रको १७ नम्बर बुँदामा यस्तो बुँदा राखिएको छ ।

हाल सरकारमा अधिकतम २५ जना मन्त्रीहरू रहन सक्छन् । मन्त्रालयको संख्या भने अहिले २२ वटा छ । बालेनले यसलाई १४ बढीमा १५ मा झार्न चाहेको उनीनिकट एक नेताले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

बिशेष