राजनीति
सरकारमा सहभागी रहेका तीन राज्यमन्त्रीमध्ये दुई जना आजबाट बिदा हुँदैछन् । प्रचण्ड नेतृत्वको सरकारमा रहेका २२ मन्त्री र ३ जना राज्यमन्त्रीहरु रहेका छन् । तीमध्ये दुई आजैबाट बिदा हुन लागेका हुन । अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,भौतिक पूर्वाधार तथा यातायात र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा राज्यमन्त्रीरहेका छन् । तीमध्ये दुई आजबाट बिदा हुन लागेका […]
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा आज दर्ता हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो बताएका हुन । हिजो लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले संघीय निजामती सेवा विधेयक सम्भवतः आइतवार दर्ता हुने बताएका हुन । यस्तै प्रधानमन्त्री प्रचण्डले प्रहरी ऐन यसै अधिवेशनमा प्रस्तुत हुने जनाएका हुन । मुलुक संघीयतामा गएको आठ बर्ष व्यतित भइसक्दा […]
नेकपा एमाले रसुवा–काठमाडौं सम्पर्क मञ्चको नयाँ नेतृत्व चयन भएको छ । मञ्चको ७ औं सम्मेलनले शनिबार अध्यक्षमा तेम्बा तामाङ सहित ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । केदार पौडेल प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष ज्ञानबहादुर लामा, पुरुषोत्तम पौडेल सचिव,उपसचिव उषा अधिकारी र मिङमार तामाङ, कोषाध्यक्ष निमा लामा नयाँ नेतृत्व चयन भएको छ । सदस्यहरू उचिल […]
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री र सचिवहरुको कार्यशैलीप्रति असन्तृष्टी पोखेका छन् । चालु आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको ७ महिने समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले सरकारका मन्त्री र सचिवहरुको काम सन्तोषजनक नभएको बताएका हुन । प्रधानमन्त्री प्रचण्डले प्रचण्डले मन्त्रालयहरुको कार्यसम्पादन कमजोर भएको भन्दै असन्तुष्टि पोखेका हुन । प्रधानमन्त्रीले माघसम्म सम्पन्न हुनुपर्ने […]
पछिल्लो समय कर्मचारीहरुले कलम चोप्नै छाडेको बिषयप्रति प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गरेका छन् । कर्मचारीहरुले टिप्पणी उठाउनै छाडेको र नीतिगत निर्णय हुन छाडेको बिषयप्रति प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गरेका हुन । प्रधानमन्त्री प्रचण्डले कर्मचारीहरुले समयमै निर्णय नगर्ने, निर्णय पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन् । चालु आर्थिक बर्षको […]
कर्मचारीवृत्तमा काम नगर्ने प्रवृत्ति बढेको गुनासो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले कतिपय अवस्थामा कर्मचारीहरुले निर्णय लिन हिच्किचाउने स्थिति देखा परेको बताए । ‘निर्णय ग¥यो भने जोखिममा परिने हो कि भन्ने चिन्ता र भय कर्मचारीमा अलि बढेको छ ,’ उनले भने,‘बरु काम नगरेपछि त […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन संसद्मा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकोे बैठकमा प्रधानमन्त्री दाहालले, मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याइसेकेको भन्दै त्यसलाई सदनमा प्रस्तुत गर्ने अन्तिम तयारी भइरहेको बताएका हुन् । सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण रहेको भन्दै […]
नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्जहरु हेरफेर गरेकोप्रति माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आपत्ति जनाएको छ । माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले १० प्रदेश इन्चार्ज परिवर्तन गर्ने निर्णय गरेको हो । जहाँ हरिबोल गजुरेल कोशी प्रदेशको इञ्चार्ज बनाइएको छ भने त्यहाँको इञ्चार्ज रहेका चन्द्रप्रकाश खनाल बलदेव लुम्बिनी खटाइएको छ । यस्तै लीलामणि पोखरेललाई […]
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको नियुक्तिविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । गत फागुन ६ गतेको क्याविनेटले उनलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको थियो । उक्त निर्णय उल्टाउन माग गर्दै अध्यक्ष पदका उमेद्धार रिट बोकेर अदालत पुगेका हुन । सात महिना कार्यकाल बाँकी छँदै नेपाल दूरसञ्चार प्राधिकरणबाट पुरुषोत्तम खनाललाई राजीनामा दिन लगाएर […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धानको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले अख्तियारले राजनीतिक क्षेत्रलाई चोख्याउने र कर्मचारीलाई थुनेर भयभित बनाउने अख्तियारको शैलीको आलोचना गरेका हुन । उनले अख्तियारले नेताहरुलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गरे । उनले अनियमितता […]