नयाँ सांसद : एसएलसीसम्म पढेकादेखि पीएचडीधारीसम्म

नयाँ संसद्मा नयाँ अनुहारको उल्लेख्य सहभागिता रहने भएको छ । विधि निर्माणमा वौद्धिक थलो मानिएको सांसदमा यस पटक झण्डै ९० प्रतिशत नयाँ अनुसार यस पटक प्रतिनिधि सभामा देखिने भएको हो । प्रत्यक्षतर्फका १६५ सिटमध्ये विभिन्न क्षेत्रका विशेषज्ञ र प्राज्ञिक पृष्ठभूमि भएका उम्मेदवारहरू विजयी भएर आएका छन् । प्रत्यक्ष निर्वाचित १६५ जनामध्ये १४० जना नयाँ सांसद हुनेछन् । उनीहरू पहिलोपटक निर्वाचित भएकाहरू हुन् । प्रतिनिधिसभामा विभिन्न दलबाट संसदमा दोहोरिएका अनुहारहरुमा काग्रेसका टेकबहादुर गुरुङ, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वर्षमान पुन र धनबहादुर बुढा र महेन्द्रबहादुर शाही र मोहम्बर इस्तिहाक राई, महेन्द्रबहादुर शाही, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र गणेश पराजुली,रवि लामिछाने, हरि ढकाल, सोविता गौतम, निशा डाँगी, इन्दिरा राना मगर, मनिष झा, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डीपी अर्याल,डा तोसिमा कार्की, सुहाङ नेम्वाङ,स्वर्णिम वाग्ले, ज्ञानेन्द्र शाही र मुस्ताङबाट अघिल्लो पटक निर्वाचित कांग्रेस सांसद योगेश गौचन मात्र पूराना अनुहार हुन ।
यसरी निर्वाचित भएर आएकामध्ये संसद्मा विद्यावारिधि (पीएचडी) गरेका ९ जना सांसद निर्वाचित भएका छन् । जसमा डा स्वर्णिम वाग्ले,कृष्णहरि बुढाथोकी अमरेशकुमार सिंह, विक्रम तिमिल्सिना,अच्युतम लामिछाने,धनञ्जय रेग्मी आनन्दबहादुर चन्द,ताराप्रसाद जोशी रहेका छन् । ८ जना विद्यावारिधि गरेका सांसदहरु प्रतिनिधि सभामा निर्वाचित हुँदा एमालेबाट डा अर्जुनकुमार कार्की संखुवासभाबाट निर्वाचित भएका छन् ।

बिज्ञापन

अबको सांसदमा एसएलसीसम्मको शैक्षिक योग्यता भएका ९ जना प्रतिनिधि सभामा आएका छन् । यस्तै प्लस टु गरेका २७,व्याचलर गरेका ३९,मास्टर्स डिग्री उत्तीर्ण ४९ र विद्यावारिधि गरेका ९ जना रहेका छन् । विवरण केलाउँदा शैक्षिक योग्यता उल्लेख नभएका ३२ जना रहेका छन् । यो प्रतिनिधि सभाको मात्र आँकडा हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

बिशेष