राजनीति
सुन तस्करी प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन भर्खरै पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको हो । पक्राउ परेका पुन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत हुन । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध […]
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को आमस्मिक बैठक डाकेकका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगको प्रतिवेदनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफलपछि मन्त्रिपरिषद् […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुष्प कमल दाहालको नेत्तृत्त्वमा बनेको हालको गठवन्धनको सरकारमा सामेल भएका छन्। यस भन्दा अगाडिको गठवन्धनको सरकारमा पनि सहभागी भएको यो पार्टीलाई २०७९ को संसदको निर्वाचनमा बैकल्पिक पार्टीको रूपमा नेपाली जनताले स्थापित गरेका हुन्। पुराना पार्टी र पुराना नेताको बिकल्पको रुपमा यो पार्टी आएको हुदा यो पार्टी उपर आम जनतामा […]
काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न संसद्सँग विश्वासको मत प्रदान गर्न आग्रह गर्नुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी रहेको […]
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा ऐन चाँडो भन्दा चाँडो संसदबाट पारित गर्नुपर्ने अवस्था रहेको बताएका छन् । मंगलवार नेपाल नगरपालिका संघको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तहलाई संविधानले नै सरकारको मान्यता दिएको भन्दै संविधानले दिएको अधिकारलाई संघबाट हस्तक्षेप गर्नु नहुने […]
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशका कुनैपनि भागमा अपराध गरेको पाईए आफ्नो आदेश नकुरी कारबाही चलाउन प्रहरीलाई अपिल गरेका छन् ।लामिछानेले मंगरबार फेसबुक स्टाटसलेख्दै यस्तो अपिल गरेका हुन्। देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई मेरो अपिल भन्दै उनले भनेका छन्, ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, […]
आज बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ । बैठकले गण्डकी प्रदेश, मधेस र सुदूरपश्चिमको प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशीलाई हटाएर मधेस प्रमुखका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र […]
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । सोमबार अपराह्न ४ बजेबाट मन्त्रिपरिषदको बैठक सुरू भएको सचिवालयले जनाएको छ। बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्रि रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, […]
राष्ट्रिय सभा अध्यक्ष चुन्न मंगलबार हुने निर्वाचनका लागि आज (सोमबार) उम्मेदवारी दर्ता हुँदै छ । आइतबारै पाँचदलीय सत्तागठबन्धन र प्रतिपक्षी कांग्रेसले उम्मेदवार तय गरिसकेका छन् । माओवादीले गठबन्धनको साझा उम्मेदवारको रूपमा केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेसले युवराज शर्मालाई प्रतिस्पर्धामा उतार्ने भएको हो । पार्टी पदाधिकारीको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ दाहाललाई […]
काठमाडौँ, २७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिनुभयो । “बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै […]