राजनीति
सरकारले सार्वजनिक पदमा रहेका सबै भ्रष्ट, सबै निकम्माको रूपमा व्याप्त भावनालाई बदल्ने र बेइमानी गर्नेले कानुनी रूपमा सजायँ पाउँछ’ भन्ने उदाहरण प्रस्तुत हुने गरी काम गर्ने जनाएको छ । सरकारले कुनै पनि कालखण्डका भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने जनाएको छ । आज पाँच दलीय सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै कालखण्डका […]
काठमाडौँ, ६ चैत : सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । फागुन २९ गते पाँच राजनीतिक दलबीच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न कार्यदल बनाएको थियो । पाँच […]
सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको कोठा नम्बर ४१३ मा दिउँसो २ बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिपुर नगरपालिकाकी तत्कालीन उपमेयर रेणुकादेवी काफ्ले, निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेल र वडाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । उनीहरूले तटबन्द बनाउँदा ८५ लाख १८ हजार ६३१ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।अख्तियारले मुद्दा दायर गरेका […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले खाद्य संयुक्त राष्ट्रसङ्घलगायत विकास साझेदार निकायहरूलाई पनि खाद्य रूपान्तरणका कार्यक्रमलाई प्रभावकारी तुल्याउन आग्रह गर्नुभएको छ । बैठकमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन तथा संवादहरूमा जनाएका प्रतिबद्धताहरूको प्रगति समीक्षा गरिएको […]
एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) चौथो पटक पटक मन्त्री बनेका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसद बनाउन आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । त्यसको भोलिपल्टै आज सोमबार उनी मन्त्री नियुक्त भएका हुन् ।यसअघि उनी नेकपा एमालेका […]
नेकपा माओवादीभित्र गच्छदारको उपमा पाएका नेता हुन कृष्णबहादुर महरा । ६३ पछि उनी पटक पटक गरी ६ पटक भए । कहिले गृह, अर्थ, परराष्ट्र, सञ्चारजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए । सञ्चार मन्त्री हुँदा उनी चिनिँया नागरिकसँगको ५० करोडको अडियो टेप सार्वजनिक भयो । त्यस यता सभामुख हुँदा यौनकाण्डमा मुछिए । १३३ दिनसम्म प्रहरी थुनामा रहेका […]
सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान व्युरोको लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ । हुलाकी मार्ग भएर रुपन्देहीबाट दाङ्ग जाँदै गर्दा कपिलवस्तुको पकडीबाट बाटो छेकी समातिएका माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई सीधै केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोतर्फ लगिएको हो । उनलाई यति एअरको जहाजबाट एकछिनअगाडि काठमाण्डौ ल्याइएको थियो । […]
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले पक्राउ गरेको हो। सुन प्रकरणमा जोडिएका महरालाई प्रहरीले कपिलबस्तुबाट पक्राउ गरेर अहिले काठमाडौं ल्याइरहेको प्रहरीले जनाएको छ । सुन तस्करी जाँचबुझ आयोगले महरालाई मुद्धा चलाउन सिफारिस दिएसँगै पूर्व सभामुख समेत रहेका उनी प्रहरीको निगरानीमा रहँदै आएका थिए […]
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फेरि दुई चिरा परेको छ । पूर्व मन्त्री समेत रहेका महीन्द्र यादव समूहले सत्तारुढ नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेसँगै नेसपा दुई चिरा परेको हो। २०६९ साल अगाडि माओवादी पार्टीका उपाध्यक्ष रहेका भट्टराई त्यस पछि अस्थिर देखिएका छन्,राजनीतिमा । केही समय नयाँ शक्ति पार्टी, नेपालका […]