राजनीति
मन्त्री बन्ने तयारीमा रहेकी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठको पद खोसिएको छ । प्रधानमन्त्री प्रचण्डले आजै गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् हेरफेरको तयारीमा रहेका छन् । उनले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याउने र माओवादी र एमालेका केही मन्त्रीहरु हटाउने तयारी गरिरँहदा रञ्जिता श्रेष्ठको पद खोसिएको हो । बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले […]
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ताको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिचको भेटवार्ताले राष्ट्रिय राजनीति तरङ्गित भएको छ । शनिवारकरिब ३ घण्टा ओली निवास बालकोटमा उनीहरूबिच भएको वार्ताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयुबारे संशय पैदा गराएको हो । एमाले र काँग्रेसका एक तहका नेताहरुले साधरण भेटवार्ता […]
हिजो असार १५, शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर केपी शर्मा ओलीले तीन घण्टा छलफल गरेपछि सरकारको नेतृत्व गरिरहेको माओवादी पङ्क्ति तरङ्गित छ। शनिबार अपरान्ह पुष्पलाल स्मृति प्रतिष्ठानले देशका साना ठूला सबै कम्युनिस्ट पार्टीका शीर्ष नेता एकै ठाउँमा भेला हुने कार्यक्रम तय थियो । सोही कार्यक्रममा अतिथीका रुपमा निमन्त्रण गरिएका थिए ओली । तर […]
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन् महामन्त्री मुकुल ढकालले । इलामको उपनिर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेपछि रास्वपाले आन्तरिक समीक्षा गर्न महामन्त्री ढकाललाई गत जेठ ६ गते देशव्यापी यात्रामा पठाएको थियो। ३८ वटा जिल्लाका २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तर्क्रिया गरेर पार्टी नसुधिए विवेकशील साझाकै हालतमा पुग्ने प्रतिवेदन सार्वजनिक गरेका थिए […]
नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हो । आजदेखि चार दिनसम्म महाअधिवेशनले नयाँ नेतृत्व छान्दैछ । महाधिवेशनमा १८४९ प्रतिनिधिले भाग […]
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री मुकुल ढकाललाई पार्टीले स्पष्टीकरण सोधेको छ । डा. मुकुल ढकालले पार्टीको जनमत नै नभएको भन्दै यस्तै हिसाबले अगाडि बढे विवेकशील साझा पार्टीजस्तो हालत हुने विश्लेषण गरेका छन् । प्रतिवेदनमा ढकालले पार्टी अहिलेकै आधारमा निर्वाचनमा गए एक दुई सिट जित्न पनि हम्मेहम्मे पर्ने गम्भीर चिन्ता औंल्याएका छन् । ढकालले ‘वैकल्पिक राजनीतिक […]
नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले अदालत, सेना, प्रहरी र कर्मचारीको लोकतान्त्रीकरण नगरे मुलुकमा फेरि प्रतिमगनको खतरा रहने बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै कर्मचारीतन्त्र पञ्चायतकालीन मानसिकताको रहेको बताए । ब्युरोक्रेसी नयाँ बनाउन सकेनौं, ब्रिटिसकालीन मानसिकता कायम छ । लोकतान्त्रिक र जनमुखी बनाउन बाँकी छ । प्रहरीलाई पंगु बनाएका छौं, पार्टीकरण मात्र […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले पार्टीको जनमत नै नभएको भन्दै यस्तै हिसाबले अगाडि बढे विवेकशील साझा पार्टीजस्तो हालत हुने विश्लेषण गरेका छन् । इलाम उपनिर्वाचनपछि करिब साढे २ हजार मान्छेसँग दोहोरो कुराकानी गर्नका लागि आफूले लगभग ८० किलोमिटर पैदल यात्रासहित ४ हजार २१६ किलोमिटर सडक यात्राको दूरी नापेर फर्किएका र सभापति रवि […]
नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप जारी रहेको छ । अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरिरहदा उनलाई वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन् । यस अघि नेकपा एकीकृत समाजवादीको पार्टी महाअधिवेशनमा पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसालले उमेद्धारी दिने […]
प्रतिनिधि सभाको बैंठकमा मुख्य सचिवमाथिको मुद्धाले चर्चा पाएको छ । सांसदहरुले निजामती प्रशासनको उच्च पदमा रहेका मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा लाग्नुपर्ने अवस्थाले देशकै बेइज्जत भएको बताएका छन् । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले मुख्यसचिव डा वैकुण्ठ अर्याललाई […]