डेढ घण्टा लिखित बयान दिएर साइवर व्युरोबाट निस्किए महेश बस्नेत

साइबर ब्यूरोले नेकपा एमालेका नेता महेश बस्नेतसँग बयान कागज गराएको छ ।

बिज्ञापन

विद्युतीय कारोबार ऐन अन्तर्गत शोभा पाठकले दर्ता गरेका जाहेरीबारे बयान दिन बुधवार बस्नेत ब्युरोमा उपस्थित भएका हुन् । उनीसँग ‘बयान कागज’ गर्न सोधपुछ भइरहेको छ । बस्नेतविरुद्धको जोहेरी यसअघि ब्युरोकै आग्रहमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो ।

बिज्ञापन

जिल्ला सरकारी वकिल कार्यालयको पत्रानुसार ब्यूरोले बस्नेतसँग बयान कागज गराएको हो । साइबर अपराधको कसुरमा बयान दिन प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उपस्थित भएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका छन् ।

अब प्रमाण जुटाएपछि मात्रै उनीविरुद्ध विद्युतीय (साइबर) कसुरमा अभियोग दर्ता हुने ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक राज अवस्थीले बताए ।
बस्नेत भर्खरै बयान दिएर निस्किएका छन् । व्युरोका अधिकारीहरुका अनुसार,बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका हुन् ।

बिज्ञापन

सामाजिक सञ्जालमार्फत् आफ्नो बेइज्जती गरेको भन्दै एक महिलाले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन् । बस्नेतविरुद्धको बलात्कार र भ्रूणहत्या मुद्दा नचलाउने सरकारको निर्णयबारे चाहिँ उच्च अदालत पाटनमा परेको रिट विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

म्यानपावर व्यवसायीलाई मन्त्रालयमा माला

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

अर्काे पूर्व महानिर्देशक कारागार चलान

दुई महिनापछि सचिव बैठक : ५५- ३० को प्रावधान र छड्के प्रवेशबारे छलफल

बालेनका सल्लाहकार सुवास र रास्वपा सांसद केपीको चियादानीले ७५ लाख कर छलेको भन्दै उजुरी

महानिर्देशक र निर्देशक थप चार दिन थुनामा

भिआइपी जोडिएको ई- पासपोर्ट अनियमितता : निगरानीमा परराष्ट्रका अधिकारीहरु

भेप तस्करी गुपचुप,बीवाईडीमा ‘क्लिन चिट’

बिशेष