निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालोसूचीमा राखेको भेटिएको छ ।
बिज्ञापन
पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक लगाइएको हो। गत भदौ २३ र २४ मा राजधानीमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न घटनाको छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले सो निर्णय गरेको हो।
बिज्ञापन
विदेश भ्रमणमा रोक लगाइने अन्य व्यक्तिहरूमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा अध्यागमन विभागले ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालो सूचीमा राखेको हो ।
बिज्ञापन
अध्यागमन विभागले ओली, लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई कालो सूचीमा राखेको हो ।