सरकारले ४० जना सहसचिवको सरुवा गर्दा उद्योग विभाग, भूमि विभाग र अध्यागमन विभागको महानिर्देशक हेरफेर भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ४० जना सहसचिवको सरुवा सूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको भूमि, […]

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देही र भैरहवा भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट अवैध रुपमा तस्करी गरेर भित्राइएको ठूलो परिमाणमा चिनी भैरहवाबाट बरामद गरिएको छ । सोमबार सिद्धार्थनगर नगरपालिकाका–४ स्थित सुगरमिल क्षेत्रबाट तस्करी गरेर भित्राइएको ४ सय ७१ बोरा (२३५५० किलो) चिनी बरामद गरेको हो। बरामद चिनीको करिब १५ लाख मूल्य […]

बागमती प्रदेशका लोक सेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् भने आयोगका सदस्य सुर्दशन ढकालले पदबाट राजीनामा दिएका छन् । कनिष्ट व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न लागिएको भन्दै ढकालले शुक्रबार प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा समक्ष राजीनामा दिएका हुन् । सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाकाअनुसार अहिले लुम्बिनी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । मधेश, गण्डकी र लुम्बिनी प्रदेशका […]

विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीलाई तिव्र पारिएको छ । बाराको महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा यस बर्ष हुने मेलाको तयारीमा महागढीमाई नगरपालिकाले तिव्र गतिमा कार्य अगाडि बढाएको छ । बरियारपुरस्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलालाई व्यवस्थित बनाउन विभिन्न अत्यावश्यक कार्यहरू धमाधम भइरहेका छन । मेलामा आउने श्रद्धालु भक्तजनहरूको सुविधाका […]

गृह मन्त्रालयले शुक्रबार सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई मन्त्रालयमा तानेर इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनुज घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । पाण्डे २०८० कार्तिक १५ गते सोलुखुम्बुको प्रजिअको रूपमा नियुक्त भएकी थिइन्।  

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की  प्रहरी प्रधान कार्यालय तानिएका छन्। प्रहरी आचरणविपरीत काम गरेको आरोप उनीमाथि लागेको छ। घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी लाइन मिलाएर भन्सार नतिरी सामान ओसारपसार गर्ने गरेको आरोप लाग्दै आएका प्रहरी उपरीक्षक कार्कीलाई शुक्रबार प्रहरी प्रधान कार्यालयले तानेको हो । मोरङ आएदेखि नै गृह मन्त्रालयको निर्णयले […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अलिहे कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र […]

बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा काठमाडौं टोखा नगरपालिका-२६ नयाँबसपार्कस्थित निमा गेष्ट हाउसका संचालक नुवाकोट तादी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुजन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं टोखा नगरपालिका-९ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा सुजनले उक्त गेष्ट हाउसमा बालिकालाई सरसफाइको काममा लगाइदिने भन्दै […]

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।